नेचुरल सहकारीले सदस्यलाई २५ हजारसम्म तीन महिनाको लागि सापटी दिने
काठमाडौं : जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई २५ हजार रुपैयाँसम्म सापटी दिने भएको छ ।
औषधी, उपचार र खाद्यान्न खरिदको लागि अत्यावश्यक परेमा सदस्यले २५ हजार रुपैयाँसम्म सापटी पाउने संस्थाले जनाएको छ । उक्त सापटी रकम अवस्था हेरेर तीन महिनाभित्र र्फिता गराउनु पर्ने संस्थालाई प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो ।
‘लकडाउनको समयमा सदस्यलाई पर्ने सक्ने समस्यालाई मध्येनजर गर्दै २५ हजार रुपैयाँसम्म सापटी दिने निर्णय गरेका हौं’, प्रमुख पाठकले भन्नुभयो, ‘अहिलेको अवस्था नै यस्तै छ, जो कोहीलाई पनि समस्या पर्न सक्छ । त्यसैलै पैसा अभाव भएमा सापटी दिने निर्णय गरेका हौं ।’ नेचुरल सहकारी सदस्यप्रति सधै जिम्मेवार रहेको पाठक बताउनुहुन्छ । सदस्यहरुलाई परेको हरेक समस्यामा समाधान गर्न नेचुरल सहकारी प्रतिवद्ध रहेको पनि पाठकको भनाई छ । कार्यालयसम्म आएर सेवा लिन नसक्ने अवस्थामा सदस्यकै घरमा पुगेर सेवा प्रदान गरिरहेको समेत पाठकले बताउनुभयो ।
संस्थाले सातामा चार दिन कार्यालयबाटै पनि सेवा प्रवाह गरिरहेको छ । आईतबार शाँखु सेवा केन्द्र, सोमबार मुख्य कार्यालय, मंगलबार काडाँघारी सदस्य सम्पर्क कार्यालय र बिहीबार नयाँबजार सेवा केन्द्रबाट सेवा प्रवाह गर्दै आएको प्रमुख पाठकले बताउनुभयो ।
संस्थाले हाल दुई घण्टा (बिहान १० बजेदेखि १२ बजेसम्म) मात्र कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ । संस्थाको एटिएम, मोबाईल बैंकिङ र ई–बैकिङबाट भने २४ सै घण्टा सेवा लिन सकिने संस्थाले जनाएको छ ।
यसका साथै संस्थाले कोरोना भाईरसबारे सदस्यलाई जनचेतना जगाउँदै आएको छ । एसएमएस, सामाजिक सञ्जाल र सदस्यलाई प्रत्यक्ष भेटेर पनि जनचेतना फैलाउँदै आएको छ ।
कोरोना भाईरसको रोकथाम, उपचार र राहत वितरणको लागि स्थानीय तहलाई समेत संस्थाले सहयोग गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार