ललितपुरका सबै स्थानीय तहलाई बचत संघको सहयोग
काठमाडौं : ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले स्थानीय तहलाई सहयोग गरेको छ ।
ललितपुरका सबै (६ वटा) स्थानीय तहलाई आर्थिक सहयोग गर्ने निर्णय संघले आईतबार गरेको थियो । सोही क्रममा सोमबार (आज) ललितपुर महानगरपालिकालाई एक लाख रुपैयाँ सहयोग गरेको हो । ललितपुर महानगरपालिका मेयर चिरिबाबु मर्हजनलाई संघ अध्यक्ष रामहरि बजगाईंले एक लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
संघले महानगरपालिकालाई १ लाख, नगरपालिकालाई ७५ हजार र गाउँपालिकालाई ४० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो । संघले सामुदायिक विकास कोषमा जम्मा भएको रकमबाट स्थानीय तहलाई सहयोग गरेको संघका अध्यक्ष रामहरि बजगाईंले जानकारी दिनुभयो ।
कोरोना भाईरस रोकथाम, उपचार तथा राहत वितरणमा केही हद सम्म भएपनि सहयोग पुगोस् भनेर सहयोग गरेको अध्यक्ष बजगाईंले बताउनुभयो ।
संघले सहयोग हस्तान्तरणको लागि गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोङ गाउँपालिका, बाग्मती गाउँपालिका र महांकाल गाउँपालिकाको लागि पनि चेक र पत्र काटिसकेको छ । समय अनुकुल मिलाएर हस्तान्तरण गरिने संघले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार