विपत्तमा चन्द्रसूर्य सहकारी, सदस्य र समुदायको सारथी
ललितपुर, ८ बैशाख
सातदोबाटो स्थित चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था कोरोना महामारीका कारण लकडाउनको विषम परिस्थिति विरुद्ध लड्ने सारथी बनेको छ ।
विषम परिस्थितीमा सदस्य प्रतिको गहन जिम्मेवारीसँगै समुदायप्रति चासो (सहकारीको सिद्धान्त) लाई हृदयङ्गम गर्दै सहयोगको एउटा इट्टा थप्ने प्रयास गरेको छ । कोरोनाबाट विश्व आक्रान्त एवम् आहात भइरहेको समयमा संस्थाले आफ्ना सदस्य र विपन्न वर्गलाई राहत प्रदान गर्दै आएको छ । सहकारी दुःखको बेला सारथी बन्न सकिएन भने कर्तव्यबाट भागेको ठहरिने कुराम चन्द्रसूर्य दृढ रहेको संस्थाका अध्यक्ष रामशरण बस्नेतले बताउनुभयो ।
न्यानो कपडा, बाढी, पहिरो, भूकम्प, तराईको शीत लहर, जुरेको पहिरो, स्कूलका विद्यार्थीलाई गरेको सहयोग, सदस्यको हरेक सामाजिक कर्तव्य र संस्कार होस् या भैपरी आउने समस्यामा चन्द्रसूर्य अगाडी रहेको अध्यक्ष बस्नेत बताउनुहुन्छ ।
संस्थाले बचत नै नभएका सदस्यलाई समेत खाद्यान्न समस्या परेमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ र सहयोग गर्दै आएको छ । संस्थाले आज (बैशाख ८ गते) लकडाउनको अवधि बढ्दै जाँदा ज्याला मजदुरी गर्ने, असहाय र विपन्न परिवाराई खाद्यान्न सहयोग गरेको छ ।
संस्थाका सदस्यलाई खाद्यान्न लगायतका समस्या परेमा संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ । सदस्यलाई परेको समस्या समाधान गर्दै संस्था सदैध तयार रहेको अध्यक्ष बस्नेतले बताउनुभयो ।
ललितपुर महानगरका वडाहरु र श्रीकृष्ण प्रणामी क्लवको संयुक्त आयोजनामा लकडाउनबाट प्रभावित विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष रोशन लाल श्रेष्ठको नेतृत्वमा सचिव कमल केसी, कोषाध्यक्ष गोविन्द घिमिरे र सदस्यहरुको सहभागिता थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार