२९ फागुन २०८२, शुक्रबार

जेष्ट सहकारीले ५० हजारसम्म लकडाउन कर्जा दिने, बचत र कर्जा घरमै पुर्याईदिने व्यवस्था

२०७७ वैशाख ७, आईतवार
जेष्ट सहकारीले ५० हजारसम्म लकडाउन कर्जा दिने, बचत र कर्जा घरमै पुर्याईदिने व्यवस्था

काठमाडौं

जेष्ट बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई आवश्यक पर्ने रकम र कर्जा घरमै पुगेर प्रदान दिने भएको छ । आज (बैशाख ७) गते मात्रै संस्थाले करिब १ सय जना सदस्यलाई घरदैलो सेवा प्रदान गरेको छ ।

घरदैलो सेवामा संस्थाका प्रमुख कार्यकारी सञ्चालक मधुसुदन पाठकले नेतृत्व गरिरहनु भएको छ । स्वयंम पाठकनै सदस्यको घरदैलोमा पुग्ने गर्नुभएको छ । लकडाउनको समयमा संस्थासम्म सदस्य आउन नसकेका कारण घरदैलोमै संस्थाको सेवा प्रदान गर्दै आएको प्रमुख पाठक बताउनुहुन्छ ।

बचत मात्रै नभई संस्थाले ऋण समेत प्रदान गर्दै आएको छ । अतिआवश्यक परेको अवस्थामा संस्थाले ५ हजारदेखि ५० हजार रुपैयाँसम्म लकडाउन आवधिक कर्जा दिने उहाँले बताउनुभयो ।

‘लकडाउनको पालना गर्दै सुरक्षित रहन हामीले सदस्यलाई आग्रह गरेका छौं’, उहाँले भन्नुभयो, ‘संस्थाले गर्न सक्नेसम्मको सहयोगर घरमै पुगेर गर्ने छौं ।’

 

अभिलेख

लोकप्रिय