११ साउन २०८३, सोमबार

नौ सय विद्यार्थीलाई शिखरदिप सहकारीले दियो राहत

२०७७ वैशाख ७, आईतवार
नौ सय विद्यार्थीलाई शिखरदिप सहकारीले दियो राहत

काठमाडौं । भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिखरदिप बहुउद्देश्यीय सहकारीले विद्यार्थीहरुलाई राहत वितरण गरेको छ । कीर्तिपुर नगरपालिका ७, ८ र ९ मा रहेका विद्यार्थीहरुलाई खाद्ययान्न वितरण गरेको हो । संस्थाको कीर्तिपुर सेवा केन्द्रमार्फत विद्यार्थीहरूलाई राहत सामाग्री वितरण गरेको हो ।

अनेरास्ववियुको समन्वयमा ३०० बोरा (४५ क्वीन्टल), चना दाल ३०० प्याकेट (६०० किलो) र खाने तेल ३०० बोतल (३०० लिटर) वितरण गरेको हो । त्यसैगरी संस्थाले बैशाख ७ गते जिरा मसिनो चामल ६०० प्याकेट (३० क्वीन्टल), चना दाल ६०० प्याकेट (६०० केजी) किर्तीपुर नगरपालिकाका मेयर रमेश महर्जन र उपमेयर सरस्वती खडकालाई संयुक्त रुपमा हस्तान्तरण गरेको संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले जानकारी दिनुभयो ।

राहत वितरण कार्यक्रममा संस्थाका अध्यक्ष केदारनाथ शर्माले बिद्यार्थिहरु राष्ट्रका कर्णधार भएकाले उनिहरुलाई यस विषम परिस्थितिमा सहयोग गर्नु हाम्रो कर्तव्य भएको बताउनुभयो ।

अभिलेख

लोकप्रिय