स्थापना दिवसमा चन्द्रागिरि साकोसको नयाँ सेवा, सदस्यलाई फाईदै फाईदा
काठमाडौं, ६ बैशाख
थानकोट महादेवस्थान स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था १९ औं वर्षमा प्रवेश गरेसँगै नयाँ सेवा थप गरेको छ ।
संस्थाले १९ औं स्थापना दिवसको अवसर पारेर संस्थाको खाताबाट कुनै पनि बैंकमा रहेको आफ्नो खातामा घरमै बसी बसी रकम ट्रान्स्फर गर्न सकिने सुविधा थप गरेको हो । त्यस्तै लोड टु वालेट सेवा पनि थप गरेको छ । अब संस्थाका सदस्यहरुले आफ्नै खाताबाट जुनसुकै बैंक खातामा रकम पठाउन सक्छन् । त्यस्तै प्रभु पे र खल्ती वालेटमा समेत रकम लोड गर्न सकिने सुविधा थप गरेको हो ।
हाल संस्थामा ११ हजार ७ सय ७१ जना व्यक्तिहरु आवद्ध छन् । संस्थाको कुल सम्पत्ति २ अर्ब रहेको छ । संस्थाले सदस्यहरुलाई बचत र ऋण सेवा बाहेक सामाजिक सुरक्षाका विभिन्न सेवाहरु समेत उपलब्ध गराउँदै आएको छ । यसै वर्ष घातक रोगहरुमा ५ लाख सम्मको खर्च उपलब्ध गराउने, सबैको १ लाख रुपैयाँको दुर्घटना विमा गर्ने सुविधा थप गरिएको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार