चन्द्रागिरि साकोस १९ औं वर्षमा
काठमाडौं, ६ बैशाख
थानकोट महादेवस्थान स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था १९ औं वर्षमा प्रवेश गरेको छ । चन्द्रागिरि साकोस विं.स. २०५८ साल बैशाख ६ गते सिमित व्यक्ति र सिमित रकम संकलन गरि स्थापना भएको थियो ।
१९ औं स्थापना दिवस शनिबार रक्तदान कार्यक्रमको आयोजना गरि मनाईएको छ । कोभिड १९ को विश्वव्यापी महामारीका बीच अस्पतालहरुमा रगतको अभाव भईरहेकोमा ब्लोड डोनर्स एशोसिएसन नेपालको आह्वानमा स्थापना दिवसको अवसर पारी उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ । विहान १० बजेदेखि १ बजेसम्म सञ्चालन गरिएको रक्तदानमा ६३ जना रक्तदाताहरुले रक्तदान गरेको संस्थाले जनाएको छ ।

लकडाउको अवधिमा समेत संस्थाले हरेक दिन २ घण्टा कार्यालय खोली आफ्ना सदस्यहरुलाई अत्यावश्यक सेवा उपलब्ध गराउँदै आईरहेको छ भने एम्बुलेन्स तथा शववाहन सेवा २४ सै घण्टा सञ्चालन गरेको छ । कोभिड १९ तथा लकडाउनको कारणले प्रभावित भएका सदस्यहरुलाई राहत दिनको लागि १५ हजारसम्म निव्र्याजी सापटी, २५ हजारसम्म अस्पतालको विल भुक्तानी र ५ देखि १५ प्रतिशत सम्म ऋणको ब्याजमा छुटको कार्यक्रम लागु गरेको छ । त्यसै गरी संस्थाले राष्ट्रिय आविश्कार केन्द्र तथा सरकारले स्थापना गरेको कोषमा समेत सहयोग गर्ने निर्णय गरी रकम हस्तान्तरण गर्ने कार्य सुरुवात समेत गरिसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार