२७ माघ २०८२, मङ्गलबार

चार स्थानीय तहलाई युनिक साकोसको सहयोग, जोखिम ब्यवस्थापन तथा सेवा संचालन उप–समिती गठन

२०७७ वैशाख ५, शुक्रबार
चार स्थानीय तहलाई युनिक साकोसको सहयोग, जोखिम ब्यवस्थापन तथा सेवा संचालन उप–समिती गठन

चितवन, ५ बैशाख

युनिक बचत तथा ऋण सहकारी संस्था रत्ननगरले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रणका लागि चार वटा स्थानीय तहलाई आर्थिक सहयोग गर्ने भएको छ ।

संस्थाको ‘सामाजिक हित कोष’बाट स्थानीय निकाय स्तरीय कोरोना रोकथाम नियन्त्रण, उपचार तथा राहत कोषमा नगद तथा जिन्सी सहयोग गर्ने घोषणा गरेको हो । युनिकले केन्द्रीय कार्यालय रहेको रत्ननगर नगरपालिकालाई एक लाख एक हजार बराबरको खाद्यान्न, कालिका नगरपालिकालाई ५१ हजार रुपैयाँ नगद, भरतपुर महानगरपालिका र राप्ती नगरपालिकालाई २५/२५ हजार रुपैयाँको दरले २ लाख २ हजार रुपैयाँ सहयोग गर्ने जनाएको हो ।

बिहीबार अनलाइन मार्फत बसेको ‘कोरोना महामारी जोखिम ब्यवस्थापन तथा सेवा सञ्चालन’ उपसमितिको बैठकले खाद्यान्न र नगद सहयोग गर्ने निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछाने जानकारी दिनुभयो ।।

यस्तै युनिक सहकारीले आफ्ना शेयर सदस्य तथा समुदायका बासिन्दालाई दुई हजार थान मास्क समेत वितरण गरेको छ । नेफस्कूनबाट जारी निर्देशिका बमोजिम २०७६ चैत्र २८ गते बसेको संचालक समितिको १५१औं बैठकको निर्णय अनुरुप संस्थाका उपाध्यक्ष प्रेमकृष्ण खनालको संयोजकत्वमा संचालक सुरेन्द्रनाथ रेग्मी, चन्द्रीका महत केसी र प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछाने सहितको ४ सदस्यीय ‘कोरोना महामारी जोखिम ब्यवस्थापन तथा सेवा संचालन’ उप–समिती गठन गरिएको थियो ।

अभिलेख

लोकप्रिय