४ वैशाख २०८३, शुक्रबार

परियोजना साकोसले सातामा तीन दिन कार्यालयबाट सेवा दिने

२०७७ वैशाख ५, शुक्रबार
परियोजना साकोसले सातामा तीन दिन कार्यालयबाट सेवा दिने

काठमाडौं :

बत्तिसपुतली स्थित परियोजना बचत तथा ऋण सहकारि संस्थाले साताको ३ दिन कार्यालयबाटै सेवा दिने भएको छ ।

संस्थाले बैशाख ३ गते सुचना जारी गर्दै आईतबार, मंगलबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालयबाट सेवा दिने जनाएको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न लकडाउन भएको अवस्थामा समेत संस्थाले सदस्यहरुलाई फोन सम्पर्क गरी सेवा प्रदान गरिरहेको संस्थाका प्रबन्ध निर्देशक प्रकाश कार्कीले जानकारी दिनुभयो ।

सदस्यको स्वास्थ्य अवस्था बुझ्ने तथा खाध्यन्न, औषधी उपचार गर्न पैसा आवस्यक परेमा माग भए बजोजिम बचत फिर्ता गर्दै आएको कार्कीले बताउनुभयो । संस्थाले सदस्यको घर दैलोमा जान एउटा टोली निमार्ण गरेको छ । सदस्यको माग बजोजिको सेवा सोही टोलीले प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

अभिलेख

लोकप्रिय