लकडाउनमा सहकारीको योगदानको उच्च मुल्यांकन, विवरण उपलब्ध गराउन महासंघको आग्रह
काठमाडौं, ५ बैशाख
राष्ट्रिय सहकारी महासंघले कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण देशभर लकडाउन भएको समयमा सहकारी संघ/संस्थाले गरेको योगदानको उच्च मुल्यांकन गरेको छ ।
महासंघको काठमाडौं उपत्यकामा उपलब्ध संचालक समितिको शुक्रबार पुल्चोकस्थित महासंघको सभाहलमा भएको छलफलले सहकारी अभियानले यो विषम परिस्थितिमा गरेका कार्यको व्यवस्थित रुपमा डाटा संकलन गर्न निर्णय गर्दै सहकारी संघ+संस्थालाई आफूले गरेको कार्यको विवरण महासंघका उपलब्ध गराउन आग्रह गर्ने समेत निर्णय गरेको छ ।
महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा भएको छलफलमा कोभिड १९को महामारीको समयमा सहकारीे क्षेत्रले गरेको सेवाको विषय सहित यसको असर र यसले सिर्जना गर्ने समस्या र चुनौतीका विषयमा समेत छलफल भएको थियो । छलफलले महासंघले कृषि, उपभोक्ता तथा अन्य उत्पादक सहकारी तथा वित्तिय कारोबार गर्ने सहकारीहरुले पु¥याइरहेको सेवा, यी संस्थाहरुमा पर्ने असर र चुनौती र त्यसको समाधानका विषयमा सम्बन्धित क्षेत्रका सहकारीकर्मीहरुसँग छलफल गरी भावी योजना तयार गर्ने पुनः महासंघमा छलफल गर्ने निर्णय गरेको छ ।
छलफलमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्ल, संचालकहरु केवी उप्रेती, खेम पाठक, डिवी बस्नेत, टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेल र महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी बैंकको बागडोर उप्रेतीको हातमा
१४ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय सहकारी बैंकका नवनिर्वाचित सञ्चालक र लेखा समितिलाई शपथ तथा प्रमाणपत्र वितरण
१३ जेष्ठ २०८३, बुधबार
सहकारी बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
११ जेष्ठ २०८३, सोमबार