सहकारीको खाताबाटै बिमाको प्रीमियम तिर्नुहोस्
काठमाडौं, ५ बैशाख
अब सहकारी संस्थाको खाताबाट बिमाको प्रीमियम तिर्न सकिने भएको छ । सहकारीका सदस्यले आफ्नै खाताबाट बिना झण्झ्ट सिधै प्रीमियम तिर्न सक्नेछन् ।
अब सहकारीका सदस्यले मोबाईल बैकिङ र ई–बैकिङमार्फत विभिन्न जीवन बिमा कम्पनीको प्रीमियम तिर्न सक्ने भएको हो । इन्फोडेभलर्पस प्रा.लि.ले विकास गरेको ‘एमडबली मोबाईल बैंकिङ’ प्लेटर्फमार्फत बिमाको प्रीमियम तिर्न सकिने कम्पनीका प्रवक्ता सुरेश कंसाकारले जानकारी दिनुभयो । कम्पनीले केही दिन अघिबाट ई–बैकिङ सेवा पनि शुभारम्भ गरेको छ ।
देशभर रहेका सहकारी संस्थाले यस्तो सेवा लिन सक्नेछ । एक महिना अघिदेखि सार्वजनिक गरेको नयाँ फिचर प्रभावकारी रुपमा प्रयोग भईरहेको छ । कम्पनीसँग देशभरका झण्डै एक हजार सहकारी आवद्ध छन् ।
साथै सहकारीका सदस्यले मोबाईल बाटै ब्यालेन्स ट्रान्फर गर्न, ब्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी लिन सक्छन् । त्यस्तै इन्टरनेट, टिभि, रिचार्ज, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्न, हवाई टिकट, स्कूल फि, क्यु आर कोड भुक्तानी (QR Code Payment) लगायतका सेवाहरु सदस्यले घरबाटै लिन सकिने कम्पनीले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार