अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्फर गर्न सकिने

काठमाडौं : अब सहकारी संस्थाको सदस्यले आफ्नो खाताबाट सिधै बैंक खातामा रकम ट्रान्फर सकिने भएको छ ।
हाम्रो टेक्नोलोजी (hamro technology) को मोबाइल बैंकिंग प्लेटर्फम ‘एम बैंक एप’ प्रयोग गरि सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपाल भरका जुनसुकै बैंकमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ । ‘एम बैंक एप’ सर्भिस लिएका सहकारी संस्थाले आफ्ना सदस्यलाई यस्तो सुविधा दिन सकिने हाम्रो टेक्नोलोजीका सञ्चालक संजय महासेठले जानकारी दिनुभयो ।
हाम्रो टेक्नोलोजीमा करिब १० वटा बैंक र ३ सय वटा सहकारी संस्थाहरु आवद्ध छन् । कम्पनीमा आवद्ध सम्पूर्ण सहकारीका सदस्यले यस्तो सुविधा लिन सकिने कम्पनीका सञ्चालक बिष्णु महर्जनले बताउनुभयो । विगत ५ वर्षदेखि हाम्रो टेक्नोलोजीले नेपालको बैंकिङ तथा सहकारी क्षेत्रमा केही नयाँ र नौलो काम गर्ने उदेश्यका साथ लागिपरेको उहाँले बताउनुभयो ।
एम बैंक एपमा धेरै नयाँ सुबिधाहरु थप गरिएको हाम्रो टेक्नोलोजीका सिनियर मनेजर सुशिला पुरी शाहीले बताउनुभयो । एम बैंक एप मा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभि, रिचार्ज गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै ईसेवा, खल्ती, प्रभु पे, आइएमई पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्न, हवाई टिकट, ओयो होटल बुक गर्न, क्यु आर भुक्तानी लगायतका सेवाहरु उपलब्त्र रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल ४ ओटा सहकारीमा सफल परिक्षण गरिरहेको छ । झपाको शिखर साकोस, काठमाडौंको चन्द्रागिरी साकोस, धनगढीको नवजीबन सहकारी र काठमाडौंको नेजु गुरु सहकारीमा सफल परिक्षण भईरहेको कम्पनीले जनाएको छ । यी चार सहकारीले छिट्टै आफ्नो सदस्यहरु बीच यो सुविधा प्रदान गर्दैछ ।
हाम्रो टेक्नोलोजीले बैंक/सहकारी तथा वित्तीय संस्थाहरुमा डिजिटल बैंकिङको सेवा प्रदान गरिरहेको छ ।
अभिलेख
लोकप्रिय

आकाश डिजिटलको ८औं वार्षिकोत्सवमा विशेष छुट
१० असार २०८२, मंगलवार

वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबारRecent Posts


विशाल साकोसको विस्तारिक बैठक सम्पन्न, वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित
२२ असार २०८२, आईतवार
समस्याग्रस्त सहकारीबाट ३ अर्ब ७१ करोड बचत फिर्ता, थप दुई संस्थाको राफसाफ हुँदै
२२ असार २०८२, आईतवार