अब सहकारीबाट जुनसुकै बैंकमा रकम ट्रान्फर गर्न सकिने
काठमाडौं : अब सहकारी संस्थाको सदस्यले आफ्नो खाताबाट सिधै बैंक खातामा रकम ट्रान्फर सकिने भएको छ ।
हाम्रो टेक्नोलोजी (hamro technology) को मोबाइल बैंकिंग प्लेटर्फम ‘एम बैंक एप’ प्रयोग गरि सहकारीको खाताबाट सिधै बैंक खातामा रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपाल भरका जुनसुकै बैंकमा सहकारीको खाताबाट पैसा ट्रान्सफर गर्न सकिन्छ । ‘एम बैंक एप’ सर्भिस लिएका सहकारी संस्थाले आफ्ना सदस्यलाई यस्तो सुविधा दिन सकिने हाम्रो टेक्नोलोजीका सञ्चालक संजय महासेठले जानकारी दिनुभयो ।
हाम्रो टेक्नोलोजीमा करिब १० वटा बैंक र ३ सय वटा सहकारी संस्थाहरु आवद्ध छन् । कम्पनीमा आवद्ध सम्पूर्ण सहकारीका सदस्यले यस्तो सुविधा लिन सकिने कम्पनीका सञ्चालक बिष्णु महर्जनले बताउनुभयो । विगत ५ वर्षदेखि हाम्रो टेक्नोलोजीले नेपालको बैंकिङ तथा सहकारी क्षेत्रमा केही नयाँ र नौलो काम गर्ने उदेश्यका साथ लागिपरेको उहाँले बताउनुभयो ।
एम बैंक एपमा धेरै नयाँ सुबिधाहरु थप गरिएको हाम्रो टेक्नोलोजीका सिनियर मनेजर सुशिला पुरी शाहीले बताउनुभयो । एम बैंक एप मा आहिले आफ्नो खातामा रहेको व्यालेन्स ट्रान्फर गर्न, व्यालेन्स चेक गर्न, स्टेटमेन्ट हेर्न, लोनको जानकारी हेर्न, फोन, नेट, टिभि, रिचार्ज गर्न सकिने उहाँले बताउनुभयो । त्यस्तै ईसेवा, खल्ती, प्रभु पे, आइएमई पे जस्ता डिजिटल वालेट लोड गर्न सकिने, विजुलीको विल, खानेपानी बिल भुक्तानी गर्न, हवाई टिकट, ओयो होटल बुक गर्न, क्यु आर भुक्तानी लगायतका सेवाहरु उपलब्त्र रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले हाल ४ ओटा सहकारीमा सफल परिक्षण गरिरहेको छ । झपाको शिखर साकोस, काठमाडौंको चन्द्रागिरी साकोस, धनगढीको नवजीबन सहकारी र काठमाडौंको नेजु गुरु सहकारीमा सफल परिक्षण भईरहेको कम्पनीले जनाएको छ । यी चार सहकारीले छिट्टै आफ्नो सदस्यहरु बीच यो सुविधा प्रदान गर्दैछ ।
हाम्रो टेक्नोलोजीले बैंक/सहकारी तथा वित्तीय संस्थाहरुमा डिजिटल बैंकिङको सेवा प्रदान गरिरहेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आईस्मार्ट चौथो वर्षमा प्रवेश, थप तीन गुणा फिचरसहित भर्सन २.० सार्वजनिक
१८ बैशाख २०८३, शुक्रबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी अध्यादेश जारी
१७ बैशाख २०८३, बिहीबार
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार