यो बेला के गर्दैछ ‘बखान सहकारी’ ?
काजी श्रेष्ठ / काठमाडौं :
त्यतिबेला चितवनमा औलोको प्रकोप थियो । औलोको प्रकोपका कारण चितवनमा बस्न निकै कठिन थियो । पहाडबाट चितवन झर्नेहरूका लागि के खाने र के गर्ने भन्ने अन्यौंल छाएको थियो ।
०००
गोरखा, लजजुङ, तनहुँ तथा गण्डक क्षेत्रमा २००८ र २०१० सालमा दैविक विपत्ति (बाढी पहिरो) आइपरेको थियो । विपत्तिमा परेका जनतालाई चितवनमा बस्ती बसाउने क्रममा राप्ती दून परियोजना आएको थियो । चितवन आउनेलाई खाना खुवाउनका लागि धर्म भकारीदेखि ढड्डी फाँडेर खेती किसान गर्न सहयोग गरथ्यो । त्यो थियो ‘बखान सहकारी’ । विसं २०१३ चैत २० गते सहकारी दर्ता भएको थियो । सहकारी विभागका तत्कालिन रजिष्ट्रार कृष्ण बम मल्लको हातबाट यो सहकारी दर्ता भएको थियो । जसको दर्ता नं १ रह्यो । योसँगै नेपालमा अन्य सहकारीको पनि प्रादुर्भाव भयो । नेपालमा सहकारी अवधारणको शुरुवात गर्ने नायक स्वर्गीय बखानसिंह गुरुङ हुन् ।
०००
त्यो बेला ६० जना सहकारीका सेयर सदस्य थिए । उनीहरूबाट प्रतिव्यक्ति १० रुपैयाँ लिइन्थ्यो । नयाँ प्रवेश गर्ने सदस्यलाई १ रुपैयाँ ‘मसद’ (प्रवेश शुल्क) लिइन्थ्यो । भैंसी, गाई, हलो, कुटो कोदालो किन्न सहकारीले पैसा सहयोग गथ्र्यो । तमसुक बनाएर सहकारीले आवश्यक मात्रामा किसानलाई पैसा सहयोग गथ्र्यो । त्योबेला बनाइएको तमसुक सहकारीमा अझै सुरक्षित छ । पछि २०१७ सालमा पञ्चायती व्यवस्था सुरु भयो । जसको असर सहकारीमा पनि प¥यो । सहकारी धरासयी बन्दै गयो । २०४६ सालपछि स्थानीयले सहकारीलाई बचाउनुपर्छ भन्दै लागिपरे र अहिले गाउँलेमा चेतना फैलँदै गई सहकारीप्रति मोह बढेको छ । अहिले सहकारीमा ५ सय ९० जना सेयर सदस्य छन् । कृषिमा जोड दिएर स्थापना गरिएको सहकारीले तोरी खेतीलाई प्राथमिकता दिएको छ । सहकारीमा तोरी पेल्ने मिल छ । सहकारीले तेल मिल, तोरीको बीउ उत्पादन, बचत अभियान थालेको छ । मासिक ५ सय रुपैयाँ सदस्यले बचत गर्दछन् । कृषि उत्पादनका लागि बाहेक अन्य प्रयोजनका लागि ऋण लगानी गरिएको छैन । संस्था आफैंले दुईवटा उपकरण राखेर तोरी मिल सञ्चालन गरेको छ । कृषि क्षेत्रमा बीउका कार्यक्रम पनि सञ्चालनमा छन् । दश कठ्ठा जमिनभित्र संस्थाको भवन छ ।
कोरोना त्रासमा के गर्दैछ ?
विपत्तकै समयमा नेपालमा सहकारी अभियान सुरु भएको हो । अहिल पनि अवस्था विपत्कै छ । कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि मुलुक लकडाउनको अवस्थामा छ । चितवन पनि यसको प्रत्यक्ष मारमा छ । लकडाउनको समयमाका कारण सहकारी कहिले काँही मात्रै खुला हुन्छ । सदस्य र समुदायका मानिसलाई आवश्यक पर्ने मल, तेल संस्थाले विक्रि गर्दै आएको छ । संस्थाका अध्यक्ष रेशम गुरुङका अनुसार सदस्यको माग भएसम्म संस्थाले सेवा प्रदान गरिरहेको छ । दैनिक १/२ घण्टा कार्यालय खोलेर भएपनि सेवा प्रवाह गरिरहेको छौं । किसानलाई आवश्यक पर्ने मल र तेल वितरण गरिहेको अध्यक्ष गुरुङले बताउनुभयो ।
बखान सिंहको जन्मदिन
आज नेपालमा सहकारी अभियानको सुरुवात गराउने व्यक्ति बखानसिंह गुरुङको जन्मदिन । उहाँको जन्म १९५६ बैशाख ५ गते तनहुँको पुलीमराङमा भएको थियो । सुरुमा सैन्य सेवामा संलग्न हुनुहुन्थ्यो । राजनीति र समाजसेवा संलग्न गुरुङ परिवारै लिएर चितवन बसाइँ सर्नुभएको थियो । गुरुङकै अगुवाईमा नेपालका सहकारीको जन्म भएको थियो । २०४० साल माघ २५ गते उहाँको मृत्यु भएको हो । सहकारीका जन्मदाता गुरुङको सम्झनामा संस्थाले हरेक वर्ष दिप प्रन्वलन गर्दछ । तर, यस पटक भने गुरुङको सम्झना संस्थागत हुन पाएन । उहाँका जेठी बुहारी केही दिन अघि मात्र बितेका कारण यसपटक औपचारिक कार्यक्रम नराखिएको संस्थाका अध्यक्ष गुरुङले बताउनभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार