जेष्ट आईडियोलोजीले सातामा तीन दिन कार्यालयबाटै सेवा दिने, घरदैलो सेवा निरन्तर
काठमाडौं : जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले सातामा तीन दिन कार्यालयबाट सदस्यलाई वित्तीय सेवा दिने भएको छ ।
संस्थाको मुख्य कार्यालय र सेवा केन्द्रहरुबाट सातामा तीन दिन कार्यालयबाटै सेवा दिने भएको हो । संस्थाले जारी गरेको सूचना अनुसार आईतबार, मंगलबार र बिहीबार कार्यालय खुल्नेछ । बिहान १० बजेदेखि १२ बजेसम्म कार्यालय खोलेर सेवा दिने संस्थाले जनाएको छ ।
तर, संस्थाले सदस्यहरुलाई आईपर्ने समस्यामा भनेर निरन्तर सेवा प्रदान गर्दै आएको छ । कार्यालय बन्द रहेको अवस्थामा पनि संस्थाले सदस्यकै घरमा पुगेर सेवा प्रदान गरिरहेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले जानकारी दिनुभयो ।
‘यस्तो विपत्को समयमा आफ्ना सदस्यहरुलाई सेवा दिनुपर्छ भनेर हामीले घरदैलो सेवालाई पनि निरन्तरता दिएका छौं’, प्रमुख कार्कीले भन्नुभयो, ‘यस बीचमा हामीले करिब दुई हजार सदस्यलाई घरदैलो सेवा प्रदान गरेका छौं ।’
संस्थाको प्रधान कार्यालय न्यूरोड, सेवा कार्यालयहरु मैतिदेवी र काँडाघारी काठमाडौंबाट सेवा प्रदान गरिहेको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार