२९ फागुन २०८२, शुक्रबार

शुक्रपथ सहकारीले दियाे आश्रम र बाल अनाथालयलाई खाद्यान्न

२०७७ वैशाख ४, बिहिबार
शुक्रपथ सहकारीले दियाे आश्रम र बाल अनाथालयलाई खाद्यान्न

काठमाडौं : शुक्रपथ बहुउद्देश्यीय सहकारीले मानव सेवा आश्रम र बाल अनाथालयलाई खाद्यान्न सहयोग गरेको छ । लकडाउनका कारण आश्रम र बाल अनाथालयमा खाद्यान्न, ग्याँस अभाव भएपछि संस्थाले सहयोग गरेको हो ।

संस्थाले बुढानिलकण्ठ नगरपालिका–१ तौलुंगमा रहेको मानव सेवा आश्रमलाई १२ बोरो चामल, १ बोरा दाल, १ बोरो चना, १ बोरा राजमा लगायतको खाद्यान्न बिहीबार प्रदान गरेको संस्थाका सचिव नरेन्द्र बिष्टले जानकारी दिनुभयो । त्यस्तै भैसेपाटी ललितपुरमा रहेको बाल अनाथालयमा १० बोरा चामल, १ बोरा दाल, १ कार्टन तेल, १ बोरो सोयाबिन, चिउरा, चाउचाल लगायत खाद्यान्न सहयोग गरेको हो ।
ऋनाथालय र वृद्धाश्रममा लकडाउनका कारण खाद्यान्न अभाव भएको थाहा भएपछि संस्थाले सहयोग गरेको सचिव विष्टले बताउनु भयो ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस्ता सहयोगलाई निरन्तरता दिदै आएको छ । मानव आश्रममा खाद्यान्न हस्तान्तणमा संस्थाका अध्यक्ष निरहरीप्रसाद उपाध्याय, कोषाध्यक्ष जीवन राज ओझा, महानगरीय प्रहरी प्रभाव बुढानिलकण्ठका प्रहरी निरिक्षक पुपेन्द्र गिरी उपस्थिती रहेको थियो । संस्थाले आश्रमका व्यवस्थापक नविन सिटौलालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।

त्यस्तै भैसेपाटीमा रहेको बाल अनाथलयमा संस्थाका सचिव नरेन्द्र बिष्ट, सञ्चालक दीपेन्द्रकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत मधुकर वाग्ले लगायतको उपस्थिती रहेको थियो । बाल अनाथलयका सञ्चालक बिशाल टमटालाई खाद्यान्न हस्तान्तरण गरिएको हो ।

अभिलेख

लोकप्रिय