२९ फागुन २०८२, शुक्रबार

नवकान्तिपुर साकोसले दियो पत्रकारलाई ज्याकेट

२०७७ वैशाख २, मङ्गलबार
नवकान्तिपुर साकोसले दियो पत्रकारलाई ज्याकेट

काठमाडौं । बत्तीसपुतलीमा मुख्य कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले सहकारी पत्रकारहरुका लागि प्रेस प्रिन्टेड ज्याकेट सहयोग गरेको छ ।

नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को संयोजनमा संस्थाले फिल्डमा गएर दैनिक रिपोर्टिङ गर्न सहज होस भन्ने उद्देश्यले पत्रकारहरुकालागि प्रेस ज्याकेट सहयोग गरेको संस्थाका शाखा प्रवन्धक हरि प्रसाद पाण्डेले बताउनुभयो ।

विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा पत्रकारलाई दैनिक समाचार संकलन र सम्प्रेषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थासंग सहकार्य गरी सिजेएनका सदस्य पत्रकारलाई ज्याकेट सहयोग गरेको सिजेएनका अध्यक्ष खिलानाथ दाहालले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय