३१ वैशाख २०८३, बिहिबार

नयाँ वर्षमा नेचुरल सहकारीको ई–बैंकिङ सेवा, अब सदस्यले घरबाटै सम्पूर्ण कारोबार गर्न मिल्ने

२०७६ चैत ३०, आईतवार
नयाँ वर्षमा नेचुरल सहकारीको ई–बैंकिङ सेवा, अब सदस्यले घरबाटै सम्पूर्ण कारोबार गर्न मिल्ने

काठमाडौं, ३० चैत

जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाले ई–बैंकिङ सेवा सुरु गरेको छ । नयाँ वर्ष २०७७ को अवसरमा संस्थाले सदस्यहरुलाई अनलाइन बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले ई–बैंकिङ सेवा सुरु गरेको हो ।

इन्फो डेभल्पर्ससँग सम्झौता गरी ई–बैंकिङ सेवा सदस्यलाई सुरु गरेको हो । लकडाउनको समयमा सदस्यले घरबाटै यो सेवा लिन सकिने संस्थाका प्रमुख कार्याकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो । अब सदस्यले डिपोजिट स्टेटमेन्ट, लोन स्टेटमेन्ट, चेक रिक्वेस्ट, फन्ड टान्सफर तथा आफ्नो खाताको बारेमा विभिन्न जानकारी अनलाईनबाट लिन सकिने प्रमुख पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार सहकारीका सदस्यले मोबाइलमा रिचार्ज गर्न, टिभि, बिजुलि, इन्टरनेट, खानेपानी तथा ल्याण्डलाइनको बिल भुक्तानी पनि अनलाईनबाटै गर्न सक्नेछ ।

संस्थाले मोबाईल बैकिङ सेवा पनि विगत देखिनै प्रदान गर्दै आएको छ । लकडाउनको समयमा संस्थाले घरबाटै मोबाईल बैकिङ सेवा लिन सक्ने नयाँ फिचर ल्याएको थियो । सहकारीका सदस्यहरुले घरमै बसेर मात्र तीन स्टेप पुरा गरेर मोबाईल बैकिङ सेवा लिन सक्ने नयाँ फिचर ल्याएको थियो। आफ्नो मोबाईलमा सहकारी संस्थाको एप डाउनलोड गर्ने, साधारण अनलाईन दर्ता फारम (खाता नम्बर र फोन नम्बर) भर्ने र संस्थाबाट स्विकृती भएपछि मोबाईल बैकिङ सुरु गर्न मिल्ने छ ।

अभिलेख

लोकप्रिय