इन्फो डेभल्पर्सले ल्यायो सहकारीमा ई–बैंकिङ पोर्टल, घरबाटै मोबाईल बैकिङ सेवा पनि लिन सकिने
काठमाडौं, ३० चैत
इन्फो डेभल्पर्स प्रा.लि. (InfoDevelopers Pvt. Ltd.) ले अनलाइन बैंकिङ सेवाको लागि ई–बैंकिङ पोर्टल विकास गरेको छ । इन्फो डेभल्पर्सले सहकारी संस्थाको लागि अनलाइन बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले ई–बैंकिङ पोर्टलको विकास गरी सार्वजनिक समेत गरेको छ । इन्फो डेभल्पर्ससँग आवद्ध सबै सहकारीले ई–बैंकिङ पोर्टलको प्रयोग गर्न सक्ने छन् ।
सहकारी संस्थाले प्रयोग गरिरहेको सिस्टमसँग ई–बैंकिङ पोर्टल एकीकृत हुन्छ । एकीकृत भइसकेपछि सहकारीका सदस्यले प्राप्त युजर आइडी र पासर्वड राखेर पोर्टलमा लगइन गर्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले जानकारी दिनुभयो ।
पोर्टलमा लगइन भइसकेपछि ग्राहकले डिपोजिट स्टेटमेन्ट, लोन स्टेटमेन्ट, चेक रिक्वेस्ट, फन्ड टान्सफर तथा आफ्नो खाताको बारेमा विभिन्न जानकारी लिन सकिने उहाँले बताउनुभयो । कम्पनीका अनुसार सहकारीका सदस्यले मोबाइलमा रिचार्ज गर्न, टिभि, बिजुलि, इन्टरनेट, खानेपानी तथा ल्याण्डलाइनको बिल भुक्तानी पनि गर्न सक्नेछ ।
यसका साथै इन्फो डेभल्पर्सले घरबाटै मोबाईल बैकिङ सेवा लिन सक्ने नयाँ फिचर पनि सार्वजनिक गरेको छ । सहकारीका सदस्यहरुले घरमै बसेर मात्र तीन स्टेप पुरा गरेर मोबाईल बैकिङ सेवा लिन सक्ने नयाँ फिचर पनि सार्वजनिक गरेको हो । आफ्नो मोबाईलमा सहकारी संस्थाको एप डाउनलोड गर्ने, साधारण अनलाईन दर्ता फारम (खाता नम्बर र फोन नम्बर) भर्ने र संस्थाबाट स्विकृती भएपछि मोबाईल बैकिङ सुरु गर्न मिल्ने गरी सिस्टम विकास गरेको हो ।

लकडाउनको समयमा सहकारी संस्थाहरुसम्म पुगेर सेवा लिन नसक्ने अवस्थालाई मध्येनजर राख्दै ई–बैंकिङ पोर्टल र मोबाईल बैकिङको नयाँ फिचर थप गरेको कम्पनीले जनाएको छ ।
इन्फोसँ करिब एक हजार सहकारी संस्थाहरु आवद्ध छन् । इन्फोले विकास गरेको नयाँ सिस्टम सदस्यहरु बीचमा प्रभावकारी देखिएको नेचुरल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले बताउनु भयो । सहकारीको कारोबारलाई प्रविधिमैत्री बनाउन इन्फोले खेलेको भूमिकाको प्रसंशा समेत पाठकले गर्नुभयो । प्रविधिको भरपुर सदुपयोग गर्न समेत पाठकले आम सहकारीका सदस्यलाई आग्रह गर्नुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार