४ वैशाख २०८३, शुक्रबार

थाक्रे गाउँपालिकालाई साना किसान सहकारीको ४ लाख ४० हजार सहयोग

२०७६ चैत २९, शनिवार
थाक्रे गाउँपालिकालाई साना किसान सहकारीको ४ लाख ४० हजार सहयोग

धादिङ, २९ चैत

थाक्रे गाउँपालिकामा रहेका साना किसान सहकारी संस्थाहरुले स्थानीय सरकारलाई सहयोग गरेको छ ।

कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचार लगायत विपन्न परिवारलाई राहतमा सहयोग पुगोस् भनेर थाक्रे गाउँपालिकालाई सहकारी संस्थाहरुले सहयोग गरेको हो ।

थाक्रे गाउँपालिकाको दैबिक प्रकोप राहात खातामा थाक्रे गाउँपालिका भित्र संचालित साना किसान कृषि सहकारी सस्थाको तर्फबाट ४ लाख ४० हजार रुपैयाँ एकमुस्ट सहयोग गरेको हो ।

सहयोग गर्ने संस्थाहरुमा साना किसान कृषि सहकरी संस्था लि. भुमेस्थान १ लाख, महिला साना किसान कृषि सहकारी सस्था केवलपुर १ लाख, साना किसान कृषि सहकरी संस्था थाक्रे १ लाख रहेको छ । त्यस्तै साना किसान कृषि सहकरी संस्था, तसर्पु १ लाख, साना किसान कृषि सहकारी संस्था गोगनपानी ४० हजार रहेको छ ।

अभिलेख

लोकप्रिय