राष्ट्रिय आविष्कार केन्द्रलाई चन्द्रागिरि साकोसको १ लाख ११ हजार सहयोग
काठमाडौं, २९ चैत
थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख १ हजार १ सय ११ सहयोग हस्तान्तरण गरेको छ ।
संस्थाको शुक्रबार (चैत्र २८) गते बसेको सञ्चालक समितिको निर्णय अनुसार शनिबार आविष्कार केन्द्रलाई उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
संस्थाका प्रतिनिधिहरु केन्द्रमै गएर सहयोग राशी हस्तान्तरण गरेको जनाएको छ । उक्त केन्द्रले कोरोना महामारीमा स्वाथ्य उपचारमा खटिने स्वाथ्यकर्मीहरुको सुरक्षा गर्नको लागि Personal Protective Equipment(PPE) र Swab Testing Booth तयार पारी निःशुल्क रुपमा उलब्ध गराउँदै आएको छ ।
त्यस्तै अस्पतालहरुका पुराना भेन्टिलेटरहरु समेत मर्मत सम्भार गरी प्रयोग गर्न योग्य बनाउँदै उपलब्ध गराएको छ । यस विषम परिस्थितिमा पि.पि.ई. जस्ता अत्यावश्यक स्वास्थ्य सामग्रीहरु आवश्यक मात्रामा उत्पादन गर्न हौसला दिने उद्देश्यले संस्थाले सहयोग गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
चन्द्रागिरि साकोसले ल्यायो सदस्य राहत प्याकेज: निर्ब्याजी कर्जा, कर्जाको ब्याजमा छुटदेखि सरकारलाई सहयोगसम्म
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार