सहकारी सदस्यले लिएको ऋणको चार महिनाको ब्याज सरकारले तिरिदिने
जनपुरधाम, २८ चैत
विभिन्न सहकारी संस्थाबाट सदस्यहरुले लिएको ऋणको ब्याज प्रदेश २ सरकारले तिरिदिने भएको छ ।
विभिन्न सहकारी संस्थम, बैंक तथा वित्तीय संस्थाबाट सदस्यहरुले लिएको ऋणको चार महिनाको ब्याज प्रदेश सरकारले दिने निर्णय भएको हो । कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा आज बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
निर्णय अनुसार विभिन्न सहकारी संस्थम, बैंक तथा वित्तीय संस्थाबाट किसानले लिएको ऋणको चार महिनासम्मको ब्याज सरकारले तिरिदिने भएको हो ।
निर्णय अनुसार चैत, बैशाख, जेठ र असारको कृषि क्षेत्रमा लिएको ऋणको ब्याज सरकारले तिरिदिनेछ । कोरोना महामारीका कारण गरिएको लक डाउनले किसानहरु पीडित भएकोमा प्रदेश सरकारले किसानहरुले लिएको ऋणको ब्याज तिरिदिने भएको हो ।
मन्त्री परिषद्को बैठकले कृषि कर्मको लागि किसानहरुले ५ लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको ब्याज प्रदेश सरकारले तिरिदिनेछ ।
त्यसैगरी पाँच लाखदेखि १५ लाखसम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, १५ लाखदेखि ३० लाखसम्मको ऋणमा ४० प्रतिशत र ३० लाखभन्दा बढीको ऋणको ब्याज सरकारले तिरिदिने सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
सरकारले गरेको यस निर्णय सहकारीका सदस्यको हितमा भएको जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष धु्रबनारायण यादवले बताउनुभयो । प्रदेश २ सहकारी अभियानका संयोजक समेत रहेको यादवलगायत सहकारी अभियान्ताको लविङ्गमा यो सम्भव भएको उहाँले बताउनु भयो ।
प्रारम्भिक अध्ययन अनुसार ३६ करोड रुपैयाँसम्म ब्याज रकम हुनेछ । ५० करोड सम्मको ब्याज रकम सरकारले तिरिदिने उहाँले बताउनुभयो ।
* यस अघिको समाचारमा सहकारी संघ संस्थाले लिएको ऋणमा पनि ब्याज छुट गरिएको भएका हुँदा सच्याँईएको छ । सं.
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार