कोरोना भाइरसको सन्त्रास सहकारीको ठगी धन्दा !
बारा, २८ चैत
कोरोना भाइरसको सन्त्रासमा मुलक लकडाउनको अवस्थामा रहेको समयमा सहकारी संस्था भने ठगी धन्दामा लागि परेका छन् ।
प्रसौनी गाउँपालिका ५ प्रस्टोकाबाट अवैध रुपमा बिक्रीको लागि लुकाई राखेको ५० केजीका २९ बोरा युरिया र १० बोरा डिएपी मल प्रहरीले बरामद गरेको छ।
उक्त ठाउँका शम्भु साह र रमेश साहले प्रसौनी गाउँपालिका–६ स्थित ऋषि बाल्मिकी कृषि सहकारी संस्थाबाट युरिया तथा डिएपी मल लुकाई छिपाई राखेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार अनुमति प्राप्त कृषि सहकारी संस्थाहरूले कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल खरिद गरी सोझै किसानलाई बिक्री गर्नु पर्ने हो । तर शम्भु साह र रमेश साहलाई ऋषि बाल्मिकी कृषि सहकारी संस्थाले अनाधिकृत रुपमा मल उपलब्ध गराएको देखिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटनामा संलग्न फरार रहेका शम्भु साह र रमेश साहको खोजी भइरहेको छ । साहद्वयलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार