४ वैशाख २०८३, शुक्रबार

चन्द्रागिरि साकोसले ल्यायो सदस्य राहत प्याकेज: निर्ब्याजी कर्जा, कर्जाको ब्याजमा छुटदेखि सरकारलाई सहयोगसम्म

२०७६ चैत २८, शुक्रबार
चन्द्रागिरि साकोसले ल्यायो सदस्य राहत प्याकेज: निर्ब्याजी कर्जा, कर्जाको ब्याजमा छुटदेखि सरकारलाई सहयोगसम्म

काठमाडौं, २८ चैत

थानकोट स्थित चन्द्रागिरि बचत तथा ऋण सहकारीले सदस्यहरुको लागि राहत र सहयोग प्याकेज घोषणा गरेको छ । आज (चैत २८) गते बसेको सञ्चालक समितिको अनलाईन बैठकले सदस्य र सरकारलाई राहत र सहयोग गर्ने निणर्य गरेको हो ।

सदस्यले १५ हजार रुपैयाँसम्म तीन महिनाको लागि ऋण पाउने संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त ऋणमा ब्याज नलाग्ने संस्थाले जनाएको छ । त्यस्तै लकडाउनको समयमा अस्पतालमा उपचार गराईरहेका सदस्यहरुलाई उपचार खर्चको अभाव भएमा सदस्य राहत कोषको रकमबाट पछि सोधभर्ना गर्ने गरी २५ हजार सम्मको बिल संस्थाकै तर्फबाट भुक्तानी गर्ने निर्णग भएको श्रेष्ठले जानकारी दिनुभयो । उक्त रकम पनि तीन महिनाभित्र सदस्यले फिर्ता गर्नु पर्नेछ ।

त्यस्तै चैत्र मसान्तसम्म बुझाउनु पर्ने ब्याज तथा किस्ताको रकम २०७७ असार मसान्तसम्म बुझाउन पाउने व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

उक्त ब्याज तथा किस्ता २०७७ असार मसान्त भन्दा अगाडि बुझाएमा ऋणमा लाग्ने सम्पूर्ण हर्जना मिनाहा गर्ने र तिरेको ब्याजमा तुरुन्तै ५ देखि १५ प्रतिशत सम्म छुट उपलब्ध गराउने निर्णय गरेको श्रेष्ठले बताउनुभयो ।

त्यस्तै राष्ट्रिय आविश्कार केन्द्र, सरकारद्वारा स्थापना गरिएको कोरोना भाईरस संक्रमण, रोकथाम नियन्त्रण तथा उपचार कोषमा समेत आर्थिक सहयोग गर्ने निर्णय संस्थाले गरेको छ ।

अभिलेख

लोकप्रिय