सदस्य सेवामा कटिबद्ध जेष्ट आईडियोलोजी
काठमाडौं, २७ चैत
लकडाउनको समयमा घरदैलो सेवा प्रदान गर्दै आएको जेष्ट आईडियोलोजी बचत तथा ऋण सहकारी संस्थाले स्थानीय सरकारलाई सहयोग गरेको छ । मुख्य कार्यालय र सेवा केन्द्रहरु रहेको वडा कार्यालयमा आर्थिक सहयोग गरेको हो ।
कोरोना रोकथाम, नियन्त्रण तथा राहत सहायता कोषमा संस्थाले सहयोग हस्तान्तण गर्ने निर्णय गरेको छ । मुख्य कार्यालय रहेको कामनपा २२, मैतीदेवी सेवा केन्द्र कामनपा २९ र काडाँघारी कागेश्वरी मनोहरा नगरपालिका ९ लाई २५ २५ हजार दरले सहयोग गर्ने निर्णय भएको संस्थाका प्रमुख कार्यकारी सञ्चालक हेमबहादुर कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै सरकारले ल्याएको वर्क फर होम नीतिलाई आत्मसाथ गर्दै सदस्यलाई घरदैलो सेवा प्रदान गर्दै आएको कार्कीले बताउनुभयो ।
कोराना भाईरसको कारण चैत ११ गतेदेखि लकडाउन भएको र सदस्यलाई आईपर्ने समस्या समाधानको लागि घरदैलो सेवा सुरु गरेको संस्थाका प्रबन्ध सञ्चालक हेमबहादुर कार्कीले जानकारी दिनुभयो ।
संस्थाले सदस्यलाई आवश्यक पर्ने रकम घर घरमै पुगेर प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
‘यो संक्रमणको बेला आफ्ना सदस्यहरुलाई सेवा दिनुपर्छ भनेर हामीले घरदैलो सेवा सुरु गरेका हौं’, प्रमुख कार्कीले भन्नुभयो, ‘यस बीचमा हामीले करिब एक हजार सदस्यलाई फोन गरेर अवस्था र आवश्यक परे रकम घरसम्म पु¥याउन टेलिफोन संवाद गरेका छौं ।’
संस्थाले सदस्यहरुको स्वास्थ्य स्थिती, पारिवारीक अवस्था, औषधी उपचारका तथा खाद्यान्नको अवस्थाको बारे जानकारी लिएको कार्कीले बताउनुभयो ।
त्यस्तै संस्थाले डिजिटल कारोबारलाई समेत उच्च प्राथमिकतामा राखेको छ । डिजिटल कारोबार गर्न सदस्यलाई प्रोत्साहन समेत गर्दै आएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार