४ वैशाख २०८३, शुक्रबार

स्थानीय सरकारलाई शिखर साकोसको २ लाख ८९ हजार सहयोग, साताको दुई दिन कार्यालय खुला

२०७६ चैत २६, बुधबार
स्थानीय सरकारलाई शिखर साकोसको २ लाख ८९ हजार सहयोग, साताको दुई दिन कार्यालय खुला

बिर्तामोड, २६ चैत

शिखर बचत तथा ऋण सहकारी संस्था, बिर्तामोडले साताको दुई दिन कार्यालय खोल्ने निर्णय गरेको छ ।

सदस्यहरुको अत्यावश्यकता सेवालाई ध्यानमा राखेर साताको दुई दिन कार्यालय खोलेर सेवा सुरु गरेको हो । मुख्य कार्यालय बिर्तामोड, गरामनी सेवाकेन्द्र र राजगढ सेवाकेन्द्रबाट सेवा दिन सकिने संस्थाका अध्यक्ष दीपेन्द्र राउतले जानकारी दिनुभयो ।

यसअघि पनि संस्थाले सम्पर्क व्यक्तिमार्फत सदस्यहरुलाई घरमै पुगेर सेवा प्रवाह गरिरहेको अध्यक्ष राउतले जानकारी दिनुभयो । लकडाउनको समयमा सदस्यहरु कोही पनि भोकै बस्नु नपरोस् नीति संस्थाले लिएको अध्यक्ष राउतले बताउनुभयो ।

त्यस्तै विपन्न परिवारलाई राहत, कोरोना भाईरसको रोकथाम, उपचारको लागि स्थानीय सरकारलाई समेत सहयोग संस्थाले गर्ने भएको छ । तीन वटा स्थानीय तहलाई संस्थाले २ लाख ८९ हजार ७५० रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

संस्थाका अध्यक्ष राउतका अनुसार बिर्तामोड नगरपालिकालाई १ लाख ६१ हजार र शनिश्चरे नगरपालिकालाई ५१ हजार र बाह्रदशी गाउँपालिकाको लागि ७७ हजार ७ सय ५० रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ ।

संस्थाले लकडाउनको समयमा डिजिटल कारोबारलाई उच्च प्राथमिकतामा राखेको छ ।

अभिलेख

लोकप्रिय