विपत्तमा झापाका सहकारी मनकारी, एक करोड ५० लाख बढी सहयोग जुट्यो
झापा, २६ चैत
झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न परिवारका लागि राहत सामग्री प्रदान गर्न एक करोड ५० लाख बढी सहयोग गरेका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण फैलन नदिन दुई साता अघिदेखि मुलुक लकडाउन भएसँगै विपन्न परिवारलाई खानाखान समस्या भएको भन्दै स्थानीय तहसँग समन्वय गर्दै सहकारीले राहत सामग्री खरिदका लागि आर्थिक सहयोग गरेका हुन् । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालका अनुसार सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले मात्रै ५० लाखको सहयोग गरेको छ ।
प्रदेश नं. १ सरकार, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समन्वय समितिसँगको सहकार्यमा आइसोलेशन, क्वारेन्टाइमा बसेका र विपन्न परिवारको खाद्यन्न तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका लागि पीपीई खरिद सहयोगका लागि ५० लाखको राहत कोष खडा गरिएको हो । सहकारीका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीका अनुसार सहकारीले सहारा कर्मचारी मानवीय सहायता कोष’ बाट विपद्मा परेकालाई सहयोग गर्न ५० लाखको कोष खडा गरेको र सोही कोषबाट सहयोग गरिएको हो ।
त्यस्तै नेपाल बहुउद्देश्यीय सहकारी संस्था मेचीनगरले १७ लाख, बिर्तामोडमा रहेका कर्णाली, सिम्रिक सहकारी संस्थाले आठ/आठ लाख र हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले पाँच लाख नौ हजार, पूर्वी नेपाल सहकारी संस्थाले रु चार लाख तथा मेची सहकारी संस्थाले रु दुई लाख तीन हजार राहत कोषका लागि सहयोग गरेको जिल्ला सहकारी सङ्घका अध्यक्ष ढकालले बताउनुभयो ।
कतिपय सहकारी संस्थाले सोझै खाद्यान्न सहयोग गरेका छन् । स्थानीय तहसँग समन्वय गर्दै झापाका १५ वटै स्थानीय तहमा सहयोग गर्ने दुई दर्जनभन्दा बढी सहकारी छन् अध्यक्ष ढकालले भन्नुभयो, “ अहिलेसम्मको तथ्याङ्कमा विपन्न परिवारका लागि खाद्यान्न सहयोग गर्न झापाका सहकारीले एक करोड ५० लाख सहयोग गरेका हुन् । रु एक लाख र ५० हजार सहयोग गर्ने धेरै सहकारी छन् ।”
त्यस्तै शिखर साकोस बिर्तामोडले तीन वटा स्थानीय तहलाई संस्थाले २ लाख ८९ हजार ७५० रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । संस्थाका अध्यक्ष दीपेन्द्र राउतका अनुसार बिर्तामोड नगरपालिकालाई १ लाख ६१ हजार र शनिश्चरे नगरपालिकालाई ५१ हजार र बाह्रदशी गाउँपालिकाको लागि ७७ हजार ७ सय ५० रुपैयाँ सहयोग गर्ने निर्णय भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार