४ वैशाख २०८३, शुक्रबार

आईएमई को-अपरेटिभको निर्णय : ऋणमा लाग्ने ब्याजमा १० प्रतिशत छुट

२०७६ चैत २६, बुधबार
आईएमई को-अपरेटिभको निर्णय : ऋणमा लाग्ने ब्याजमा १० प्रतिशत छुट

काठमाडौं, २६ चैत

कान्तिपथमा मुख्य कार्यालय रहेको आईएमई को–अपरेटिभ सर्भिस लिमिटेडले कर्जामा लाग्ने ब्याज रकममा छुट दिने भएको छ ।

माघ, फागुन र चैत तीन महिनाको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत अर्जुन पौडेल शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार चैत मसान्त भित्र ब्याज तिर्ने सदस्यहरुको लागि मात्र छुट सुविधा पाउने छ ।

कोरोना भाइरसका कारण व्यापार व्यवसायमा क्षति ब्यहोर्नुपरेको र थोरै भएपनि सदस्यलाई राहत होस् भन्ने उद्देश्यले ब्याज रकम छुट गरिएको उहाँले बताउनुभयो ।

संस्थाले अत्यावश्यक सेवा प्रदान गर्नको लागि मुख्य कार्यालय (कान्तिपथ) र गोंगबु सेवा केन्द्र आज (चैत २६) बाट बिहान ११ बजेदेखि २ बजेसम्म खुला गरेको छ । संस्थाका अन्य सेवाकेन्द्र पनि खुला गर्दै लैजाने प्रमुख कार्यकारी अधिकृत शर्माले बताउनुभयो ।

सदस्यलाई अतिआवश्यक परेको अवस्थामा सेवा निरन्तर प्रदान गरिरहेको छ । संस्थाले यस अवधिमा डिजिटल कारोबारलाई समेत प्रोत्साहन गर्दै आएको छ ।

अभिलेख

लोकप्रिय