सहकारीले विपत्का बेला सदस्यलाई राहात वितरण गर्नुपर्छ : सह-अध्यक्ष पौडेल
काठमाडौं : राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेलले मुलुक कोरोना भाइरस (कोभिड–१९)को असर प्रभावित भएको बेला सुरक्षित र धैर्य भएर सेवा दिन सहकारीकर्मीलाई आग्रह गर्नुभएको छ ।
६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहीवार शुभकामना सन्देश जारी गर्दै पौडेलले विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा ठूलो क्षती पु¥याएकोमा दुःख व्यक्त गर्नुहुँदै विपत्को बेला सहकारी क्षेत्रले राज्यका निकायसँग सहकार्य र साझेदारी गरेर आफ्ना सदस्यलाई सघाउन पनि आग्रह गर्नुभएको छ ।
महामारीको विषम परिस्थितिले सहकारी दिवस विशेष कार्यक्रम गरी मनाउन कठिन भए पनि आफ्नो क्षेत्रबाट सहकारीका सदस्य र समाजप्रति सामाजिक उत्तरदायित्व निर्वाह गर्न बोर्डका सहअध्यक्ष पौडेलले अपिल गर्नुभएको छ ।
मुलुकमा आइपरेको संकटको सामाना गर्न सहकारी क्षेत्र आफ्ना सदस्य तथा नागरिकलाई राहात वितरण गर्ने, जनचेतना फैलाउने लगायतका कामबाट पु¥याएको योगदानको पनि पौडेलले प्रशंसा गर्नुभएको छ। उहाँले सहकारीले विपत्का बेला आफ्ना सदस्यलाई राहात वितरण गर्नुपर्ने बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार