४ वैशाख २०८३, शुक्रबार

कोरोना रोकथा तथा उपचार कोषमा पोखरा रोयलको ३ लाख ३६ हजार सहयोग

२०७६ चैत २०, बिहिबार
कोरोना रोकथा तथा उपचार कोषमा पोखरा रोयलको ३ लाख ३६ हजार सहयोग

कास्की : पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना भाईरस नियन्त्रण रोकथाम तथा उपचार कोषमा ३ लाख ३६ हजार २ सय ११ रुपैयाँ सहयोग गरेको छ ।

गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको कोषमा ३ लाख ३ हजार रुपैयाँ र पोखरा महानगरपालिकाको कोषमा ३३ हजार २ सय ११ रुपैयाँ सहयोग रकम जम्मा गरिदिएको हो ।

६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा हालको विषम परिस्थितीमा सहकारी संस्थाको सामाजिक उत्तरदायित्व वहन गर्दै स्थानीय र प्रदेश सरकारले सञ्चालन गरेको कोषमा रकम जम्मा गरेको संस्थाका मुख्य प्रबन्धक तथा सुचना अधिकारी मीलन ढकालले जानकारी दिनुभयो । उक्त सहयोग रकम मध्ये १ लाख १ रुपैयाँ संस्थाको तर्फबाट सहयोग गरिएको छ ।

त्यस्तै सञ्चालक समिति, लेखा समिति, विभिन्न उप समिति र सदस्यहरुबाट १ लाख ३२ हजार २ सय १० रुपैयाँ र कर्मचारीहरुबाट १ लाख ४ हजार रुपैयाँ सहयोग गरिएको ढकालले जानकारी दिनुभयो ।

कोरोना संक्रमण रोकथामको लागि सम्भावित व्यक्तिको स्वास्थ्य परिक्षण गर्न, दैनिक उपभोग्य वस्तुको व्यवस्थापन एवं क्वारेन्टाईनमा रहेका व्यक्ति व्यवस्थापन गर्न सरकारको पहलबाट मात्र सम्भव नभएको र सरकारको आव्हान पनि सहयोग गरिएको संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय