४ वैशाख २०८३, शुक्रबार

सहकारी दिवसको अवसरमा ‘कोरोना नियन्त्रण सहकारी केन्द्र’को स्थापना

२०७६ चैत २०, बिहिबार
सहकारी दिवसको अवसरमा ‘कोरोना नियन्त्रण सहकारी केन्द्र’को स्थापना

काठमाडौं  : ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कोरोना नियन्त्रण सहकारी केन्द्रको स्थापना गरिएको छ ।

नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले सञ्चालन गरेको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भुमा उक्त सेन्टर स्थापना गरिएको हो । राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा स्थापना भएको उक्त केन्द्रलाई बिहीबार एक कार्यक्रमको बीच भेन्टिलेटर, पिपिई लगायतको सामग्री हस्तान्तरण गरिएको छ ।

कोरोनाको महामारीलाई नियन्त्रण गर्नको लागि सहकारी अभियानको ऐकेबद्धतामा उक्त सेन्टरको स्थापना गरिएको कोरोना नियन्त्रण सहकारी व्यवस्थापना समितिका संयोजक तथा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले जानकारी दिनुभयो । सहकारीका सदस्यहरुलाई सेवा पुर्याउने उद्देश्यका साथ केन्द्रको स्थापना गरिएको मल्लले जानकारी दिनुभयो ।

शुभारम्भ कार्यक्रममा सहकारी मन्त्री पद्मा अर्याल, सचिव केदार न्यौपाने, सहकारी विभागका रजिष्ट्रार डा. टोकराज पाण्डे, नेपाल बहुउद्देशयीय केन्द्रिय संघका अध्यक्ष सुरेन्द्र भण्डारी, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, महासंघका सञ्चालक खेमबहादुर पाठक, नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेन्द्र पाण्डे लगायत सहकारीकर्मीहरुको उपस्थिती रहेको थियो ।

सहकारी दिवसको अवसरमा शुभारम्भ गरिएको कोरोना नियन्त्रण सहकारी केन्द्रमा सेवा लिन र सहयोग गर्न सहकारी मन्त्री अर्यालले आग्रह गर्नुभएको थियो ।

अभिलेख

लोकप्रिय