‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य भेदन गर्न सहकारीबाट सहयोग पुग्छ : मन्त्री अर्याल
काठमाडौं, २० चैत
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको सहकारी अभियानले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य भेदन गर्न सहयोग पुग्ने बताउनुभएको छ ।
उहाँले ६३औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बधाई तथा शुभकामना मन्तव्य दिँदै सम्पूर्ण सहकारी संघसंस्था, सहकारीकर्मी, सहकारी अभियानमा सम्लग्न सरोकारवाला तथा सो क्षेत्रमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीको सहयोग र मेहनतबाट नै सहकारी अभियान सफल हुने बताउनुभएको छ । नेपालको पहिलो सहकारी संस्था ‘बखान’ स्थापना भएको ऐतिहासिक दिनको सम्झना गर्दै मन्त्री अर्यालले स्वावलम्बन र पारस्परिकताको माध्यमबाट छरिएर रहेको पुँजी, प्रविधि र प्रतिभालाई एकिकृत गरी सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक उन्नयन गर्ने कार्यमा सहकारी अभियानबाट मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
विपन्नहरु आफै मिली सम्पन्नताको लागि गरिने आर्थिक र सामाजिक जागरणको अभियान नै सहकारी अभियान रहेको भन्दै मन्त्री अर्यालले संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार स्तम्भको रुपमा स्वीकार गरेको उल्लेख गर्नुभयो । “संविधानमा सहकारीलाई संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा राखी तल्लो तहदेखि नै विकास, नियमन, प्रवद्र्धन र प्रशिक्षणका क्रियाकलापलाई अझै सशक्त एवं फराकिलो बनाएको छ”, उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ । संविधानले परिकल्पना गरेबमोजिम सहकारी क्षेत्रलाई अझ बढी प्रतिस्पर्धी तथा आर्थिक विकासको महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्न, सहकारीमार्फत ठूलो स्तरका उत्पादन, सेवा तथा वितरण सम्बन्धी आयोजना, उद्योग, कलकारखाना सञ्चालन गर्नु आवश्यक रहेको मन्त्री अर्यालले उल्लेख गर्नुभयो ।
“परम्परागत सहकारीको ढाँचा परिवर्तन गरी सहकारीलाई आधुनिक प्रविधिमैत्री बनाउनु उत्पादन र रोजगारीसँग जोड्नु अहिलेको समयको माग हो”, शुभकामना सन्देशमा उल्लेख छ । सहकारीको पहुँच नपुगेको दुर्गममा तथा विपन्न वर्गलाई सहकारीतामार्फत स्वारोजगारका अवसर दिलाई जीविकोपार्जनका आधार सवल र फराकिलो बनाउन उनीहरुमा रहेको स्रोत, साधन र सीपको समुचित परिचालनमा सहयोग पु¥याउन जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो । आगामी दिनमा मुलुकको अर्थतन्त्रमा सहकारीको योगदान बढाउन सहकारी अभियान थप क्रियाशिल हुँदै जाने मन्त्री अर्यालको विश्वास छ ।
कोरोना भाइरस (कोभिड–१९)को त्रासले निम्त्याएको विपदको अहिलेको समयमा राष्ट्रब्यापी सञ्जाल रहेको सहकारीले नागरिकमा राहत, सही सूचनाको सम्प्रेषण र सहजिकरण गर्नुपर्ने आवश्यकता रहेको मन्त्री अर्यालले उल्लेख गर्नुभएको छ । “मुल्य, मान्यता र सिद्धान्तमा आधारित सुशासनयुक्त सवल सहकारी प्रणालीको विकास गर्न हाम्रा नीति र विधिलाई समय सापेक्ष परिस्कृत गर्दै अगाडी बढेमा सहकारी निजी र सार्वजनिक सरह प्रतिस्प्रर्धी र सम्मानित क्षेत्रको रुपमा सर्वस्वीकार्य हुनेछ”, शुभकामना सन्देशमा भनिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार