४ वैशाख २०८३, शुक्रबार

श्री लालीगुँराको कार्यालय भोलीबाट खुल्ने, ११ बजेदेखि १ बजेसम्म सेवा दिने

२०७६ चैत १९, बुधबार
श्री लालीगुँराको कार्यालय भोलीबाट खुल्ने, ११ बजेदेखि १ बजेसम्म सेवा दिने

ललितपुर : पुल्चोक स्थित श्री लालीगुँरास बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय भोलीबाट खुल्ने भएको छ ।

कोरोना भाईरसको जोखिमलाई मध्येनजर गर्दै सरकारले देशभर लकडाउन गरेसँगै चैत ११ गतेदेखि बन्द रहेको कार्यालय भोली (चैत २०) गतेबाट खुल्ने भएको हो ।

सहकारी विभागले सम्पूर्ण सहकारी संस्थाहरुलाई कार्यालय खोलेर वित्तीय सेवा दिने निर्देशन जारी गरेसँगै भोलीबाट संस्थाको कार्यालय खुल्ने भएको हो ।

भोलीबाट संस्थाले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म वित्तीय सेवा दिने संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो । उक्त समयभित्र सदस्यले नगद जम्मा, नगद झिक्न तथा कर्जा भुक्तानी गर्न सकिने व्यवस्था संस्थाले मिलाएको छ ।

संस्थाको निर्णय अनुसार प्रति दिन व्यक्तिगत खाताबाट बढीमा २५ हजार र संस्थागत खाताबाट बढीमा एक लाख रुपैयाँसम्म झिक्न मिल्ने प्रमुख भण्डारीले बताउनुभयो ।

अभिलेख

लोकप्रिय