विभागको निर्देशनपछि आंशिक सेवा प्रदान गर्दै काभ्रेका सहकारी
संकटको घडीलाई मध्यनजर गर्दै काभ्रेका सहकारीहरुले बिलम्ब शुल्क छुटदेखि सहुलियत दरमा आकास्मिक ऋण उपलब्ध गराउने निणर्य गरेका छन् ।
सन्तोष तिमल्सिना
काभ्रे : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले नेपाल भर गरेको लकडाउन प्रभाव सहकारी क्षेत्रमा पनि परेको छ ।
लकडाउनलाई कार्यान्वयन गर्दै नियमित कारोवार बन्द भएका काभ्रेका सहकारी संस्थाहरुले आंशिक रुपमा सेवा संचालनमा ल्याएका छन् । संकटको समयमा सहकारीको सेवा बन्द गर्दा सदस्यहरुको जनजीवन प्रभावित हुने भएकाले काभ्रेका प्रतिष्ठित सहकारी लगायत केही सहकारी संस्थाहरुले सूचना प्रकाशित गरी सेवा सुचारु गरेका हुन् ।
जिल्ला बचत संघ काभ्रेले लकडाउनको सुरुवातदेखि नै बिहान ११ बजेदेखि २ बजेसम्म कार्यालय संचालन गरेको थियो भने केही सहकारी संस्थाहरुले सहकारी विभागले परिपत्र जारी गरे पश्चात् सेवा सुचारु गरेका हुन् ।
काभ्रे जिल्लाका बनेपा नगरपालिकाको विन्धवासिनी साकोस, सामुदायिक साकोस, बुडोल सामुदायिक साकोस, युवा साकोस, आभाष साकोस, पिपल्स साकोस, प्रिमियर साकोस, आयम साकोस, एक्सप्रेस साकोस, उग्रतारा बहुउदेशीय सहकारी धुलिखेल नगरपालिकाको सारथी बहुउद्देशिय सहकारी, मण्डनदेउपुर नगरपालिकाको श्री मण्डनदेउपुर साकोस, संकल्प स्वेक साकोस लगायतका दर्जनौ सहकारी संस्थाहरुले सदस्यहरुको अत्यावश्यक खाद्यन्न, स्वास्थ्य, दैनिक उपभोग्यवस्तुहरुको ब्यवस्थापनका आवश्यक रकम उपलब्ध गराउन सम्पर्क व्यक्ती तोकी सेवा प्रदान गर्दै आएका छन् ।
काभ्रे जिल्ला भर कार्य क्षेत्र रही बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर नगरपालिका र बेथानचोक, रोशी, तेमाल, भुम्लु गाँउपालिका लगायतका स्थानमा ६ वटा सेवा कार्यालय र ९ वटा सेवाकेन्द्र सेवा प्रदान गर्दै आएको विन्धवासिनी साकोसले सदस्यहरुलाई अति आवश्यक खाद्यन्न तथा उपभोग्य वस्तु खरीद, औषधी उपचार खर्चका लागि अति आवश्यक भएमा न्यूनतम रकम भुक्तानीको प्रमुख ब्यवस्थापकलाई सम्पर्क गरी रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । यस्तै सारथी बहुउद्देशीय सहकारीले सदस्यहरुको हितलाई ध्यानमा राखी मोबाईल, डिसहोम रिचार्ज, टेलिफोन, इन्टरनेटको रकम भुक्तानी सेवा ब्यवस्थापक मार्फत नियमित सचालन गरी रहेको र दैनिक उपभोग्यवस्तु हरेक दिन बिहान ७ बजेदेखी १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म सारथी मार्ट धुलिखेलबाट उपलब्ध गराउँदै आएको संस्थाका अध्यक्ष दिलिप शर्माले जानकारी गराउनु भयो ।
संकटको घडीलाई मध्यनजर गर्दै काभ्रेका सहकारीहरुले बिलम्ब शुल्क छुटदेखि सहुलियत दरमा आकास्मिक ऋण उपलब्ध गराउने निणर्य गरेका छन् । बनेपाको पिपल्स साकोसले चैत महिनाको बचत तथा ऋणमा लाग्ने बिलम्ब शुल्क छुट गरेको छ । यस्तै आयम साकोसले सदस्यहरुलाई अत्यावश्यक अवस्थामा लकडाउन अवधीभर १० प्रतिशत ब्याजदरमा बढीमा ५० हजार रुपैयाँसम्म विना धितो ऋण लगानी गर्ने बताएको छ ।
सेवा सूचारु गर्नका लागि सबै सहकारी संघ/संस्थालाई सहकारी विभागले केही दिन अघि परिपत्र गरेको थियो । असहज र बिषम परिस्थितीमा स्थानीय प्रसाशनसंग समन्वय गरी आफ्ना सदस्यहरुलाई प्रभावकारी सेवा दिदै सम्पूर्ण प्रकृति खाताहरु नियमित रुपमा संचालनमा ल्याउने, संस्थामा तरलता ब्यवस्थापन गर्दै नियमित रुपमा जीवन निर्वाहका लागि भुक्तानी तथा कर्जा प्रवाहको व्यवस्था मिलाउने विभागले निर्देशन दिएको थियो । काभ्रेका कतिपय सहकारी संघ/संस्थाहरुले विभागको निर्देशनको पालना गर्दै आंशिक सेवा प्रदान गर्दै आएका छन भने कतिपयले सेवा संचालन गर्न सकिरहेका छैनन् ।
काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले लकडाउन अवधिमा कार्यालय बन्द भएता पनि सदस्य संस्थाको माग बमोजिम सिमित रकम उपलब्ध गराउने संघका प्रबन्धक गुरुप्रसाद ढकालले जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार