बखान सहकारी र सहकारी दिवस
दीपेन्द्र राउत
नेपालमा सहकारी दिवस मनाउन कसरी सुरुवात गरियो होला भनेर अझै पनि धेरैलाई थाहा नहुन सक्छ । सहकारीका सञ्चालक र सदस्यहरुले यो कुरा अनिवार्य बुझ्नै पर्दछ । हामी सहकारीकर्मीहरुले सहकारीको शुरुवात र सहकारी दिवसको इतिहास बुझ्नु अत्यावश्यक छ । शिखर साकोस, बिर्तामोडका सञ्चालकहरुको सहकारी अवलोकन भ्रमण गत माघ मा जाने अवसर मिलेको थियो । सोही क्रममा नेपालको पहिलो सहकारी अवलोकनको कार्यक्रम थियो ।
हाम्रो टोली चितवनमा रहेको बखान सहकारीमा बिहान ११ बजे संस्थाका अध्यक्षलाई सम्पर्क गर्दै पुग्यो । नारायणगढको चोकबाट १३ किमी दक्षिण सारदा नगर भन्ने ठाउँमा रहेछ बखान सहकारी । हामीले सहकारीको विषयमा जानकारी लिँदा नेपालको पहिलो सहकारी बखानलाई लिने गरेको पाईन्छ । नेपालको पहिलो सहकारी भ्रमणमाम जाँदा मसँग गएका सञ्चालक साथीहरु पनि हर्षित हुनुहुन्थ्यो । जोश, जागर र उत्सुकताको साथ हामी त्यस ठाँउमा पुग्यौं । हाम्रो कल्पना थियो नेपालको पहिलो सहकारी संस्था ठुलो भवनमा होला । आर्थिक कारोबार पनि ठुलै होला । कर्मचारी पनि धेरै होलान् । तर, हामीले साेंचे भन्दा ठीक उल्टो रहेछ त्यहाँको अवस्था । जब हामी सहकारीको भवनमा प्रवेश गर्यौं त्यहाँ हामीले संस्थाका कोषाध्यक्षलाई भेट्यौं । हाम्रो जिज्ञासा र एक आपसका सहकारीका भावना, विचारहरु आदान प्रदान सुरु भयो ।
सहकारीका संस्थापक अध्यक्ष बखानसिंह गुरुङ्ग जो यस क्षेत्रको बासिन्दा नभएर अन्यत्रबाट बसाईसरी आउनु भएको रहेछ । संस्थाका कोषाध्यक्षले हामीलाई सबैकुरा सेयर गर्नुभयो । बखान सिंहलाई बाल्यकाल देखिनै बुझ्ने व्यक्ति हुनु हुँदो रहेछ अहिलेका कोषाध्यक्ष । हाल यस ठाँउलाई सारदा नगर भनिन्छ तर त्यस बेला बखान नगर थियो । पछि महेन्द्र राजाले बखानलाई हटाएर सारदा नगर बनाएका रहेछन् । त्यसबेला महेन्द्रलाई पनि टक्कर लिने व्यक्ति थिए । बखानसिंह यी कुरा सुनाउँदा हामीलाई गर्व महसुस भएको थियो । ६० जना स्थानीय बासिन्दालाई सहभागिता गराएर प्रत्येक व्यक्तिबाट शेयर वापत रु १० का दरले जम्मा गरी ६ सय पुँजी कायम गरि स्थापना गरिएको संस्था बखान सहकारी २०१३ साल चैत्र २० गते दर्ता भएको थियो । सोही दिनलाई हाल सहकारी दिवस भनेर मनाउने प्रचलन रहेको छ भनेर उहाँले सुनाउनु भयो ।
हामी सहकारीकर्मीहरु सहकारी संस्था सञ्चालन गरी रहँदा सञ्चालक, सदस्यहरुले बखान सहकारीको इतिहास बुझ्न जरुरी छ । दैवी विपत्तिले घरबार विहिनलाई सरकारले चितवनमा बसोबासको व्यवस्था मिलाउने उदेश्य र तिनैलाई व्यवसायिक र कृषिमा लाग्नको लागि थप पुँजी निर्माणको लागि सहकारीको अवधारण गरिएको थियो । त्यस्ता व्यक्ति जसले सुरुवात गरेका अवधारणाालाई राज्यले समेत अवलम्वन गरी देशको आर्थिक मेरुदण्ड भनि राज्यले सम्वोधन गरि सकेको अवस्था छ । देशको कुल ग्राहस्थमा समेत योगदान दिने क्षेत्र सहकारी भनेर स्थापित भएको छ । आज चैत्र २० गते ६३ औं राष्ट्रिय सहकारी दिवस मनाई रहँदा महान् व्यक्ति स्वर्गिय बखान सिंह गुरुङ्गलाई हामीले मन मस्तिस्कबाट सम्झनु पर्दछ । एउटा मानिसको सोच र योजनाले गर्दा आज देशमा ३६ हजार भन्दा बढी सहकारी संस्थाहरु दर्ता भई सकेको अवस्था छ । रोजगारको क्षेत्रमा होस् या वित्तीय क्षेत्रमा । सहकारीले देशमा ठुलै फड्को मारेको छ । यसको श्रेय स्वर्गिय बखान सिंह गुरुङ्गलाई दिनु पर्दछ । सहकारीको क्षेत्र पढेर भन्दा परेर जानिने क्षेत्र भएको हुँदा जे जति विकास भएको छ गर्दै सिक्दै भएको छ ।
यस वर्षको नारा ‘मर्यादित श्रम र पर्यटन प्रवर्धनका लागि सहकारी’ तय भएको छ । नारालाई सार्थक बनाउनको लागि पनि सहकारी सक्षम बन्नु पर्दछ । आज हरेक क्षेत्रमा श्रम शोषण भएका घटना र समाचारहरु हामी सुन्ने गर्दछौं । त्यसैले पनि सरकारले न्युनतम पारिश्रमिक घोषणा गर्नु पर्दछ । राज्य र आम मानिसले विश्वास गरेको क्षेत्र सहकारी भएको छ । सहकारी नै रोजगारको क्षेत्र पनि हो । यस वर्षको नाराले पनि इंकित गरेको छ मर्यादीत श्रम भनेर । श्रमलाई मर्यादित बनाउने कुरामा पनि हामी सहकारीकर्मी लाग्नु पर्दछ । जसरी सहकारी संस्थाहरु मर्यादित भएर वित्तीय कारोबार गरेका छन् त्यसरी नै श्रमको श्रृजना गदै मर्यादित श्रमलाई पालना गरि सबैभन्दा भर्यादित श्रमको क्षेत्र पनि सहकारीलाई स्थापित गर्नु पर्दछ । त्यसैगरी हाम्रो देश जो प्राकृतिक रुपमै सुन्दर छ । प्रकृतिले धेरै कुरा उपहार दिएको छ । तिनको संरक्षण गर्दै देशमा र विदेशमा समेत पर्यटनलाई प्रवर्धन गर्नु पर्दछ । उत्तरमा चिन जो विश्वमा धेरै जनसंख्या भएको देश भनेर चिनिन्छ । भारत जसको पनि जन्संख्या अत्यन्तै धेरै छ । दुई देशको बीचमा हाम्रो देश रहनु र प्रकृतिक रुपमै सुन्दर रहनु ले पनि यस देशको पर्यटन प्रवर्धनले नै यस देशको आर्थिक मोरुदण्ड वन्न सक्छ भन्ने कुरा अब सहकारी संस्थाले बोध गराउनु पर्दछ । पर्यटन प्रवर्धनका लागि सहकारी भन्ने यस वर्षको नारालाई सार्थक बनाउनको लागि सहकारीले आन्तरिक तथा वाह्य पर्यटकलाई प्रर्वधन गर्न सक्नु पर्दछ । यति धेरै जनसंख्या सहकारीको सदस्य बनी रहँदा, सहकारी संस्थासँग जोडिई रहँदा अब पर्यटन प्रवर्धनमा सहकारीको योगदान उच्च बन्नु पर्दछ । जसले देशको विकासमा सहयोग बन्न सकोस् ।
अन्तमा बखान सहकारीको दर्ता भएको दिनलाई नेपाल सरकारले राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन गर्यो यो कार्य अत्यन्तै प्रसंसा योग्य रहेको छ । साथै राष्ट्रिय सहकारी दिवस मनाई रहँदा सहकारी अवधारणका जन्मदाता स्वर्गिय बखानसिंह गुरुङ्गलाई हामी सहकारीकर्मिले कदापी भुल्नु हुँदैन ।
हरेक वर्ष सहकारी दिवस मनाई रहँदा हरेक वर्षका नाराले पनि देशको विकास र प्रर्वधन गर्न सकोस् । विपत्ती र महामारीको बेलामा सहकारीले गरेका योगदान विश्वमा होस् या स्वदेशमा होस उच्च रहेको छ । आज सहकारी दिवस भनेर बृहत मनाउनु पर्ने बेलामा देश लकडाउनमा छ । सबै मानिसलाई आफ्नो घरमा नै बस्न सरकारको अनुरोध छ । विश्व महामारीको चपेटामा छ । हाम्रो देशमा पनि महामारीको प्रकोप दिन प्रति दिन बढि रहेको छ । कोरोना कोभिड १९ बाट सबै जना बाचौं र बचाऔं । सहकारी संस्थाले पनि आफ्ना सदस्यहरुलाई सुरक्षित भई बस्न अनुरोध गर्दै आएको छ । आफ्नो आफ्नो क्षमता अनुसार सहकारी संस्थाहरुले सदस्यहरुलाई सहयोग गरौं । सहकारी दिवसको सन्दर्भमा हामीले एकले अर्काको सहयोग गरौं । खान नहुनेलाई खाना दिऔं । आफुले जे सकिन्छ त्यही सहयोग गरौं । एकका लागि सबै, सबैका लागि एक भन्ने सहकारीको भावना अनुरुप यो महामारीमा साथ सहयोग गरौं । सहकारी दिवसको महत्वलाई सार्थक पार्रांै । अन्तमा, ‘मर्यादित श्रम र पर्यटक प्रवर्धनकालाई सहकारी ’ यस वर्षको नारा पनि सार्थक बन्न सकोस् शुभकामना ।
जय सहकारी ।
(लेखक शिखर साकोस, बिर्तामोड झापाका अध्यक्ष हुनुहुन्छ)
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार