हाम्रो बहुउद्देश्यीय सहकारीले आपत्कालिन ऋण समेत उपलब्ध गराउने
काठमाडौं । नैकापमा मुख्य कार्यालय रहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारीले सदस्यलाई आपतकालिन सेवा प्रदानकालागि सम्पर्क व्यक्ती तोकेको छ ।
संस्थाले सूचना प्रकाशन गरी सदस्यलाई आपतकालिन अवस्थामा आवश्यक पर्ने खाद्यान्न बस्तु खरिद र औषधी उपचारकालागि न्युनतम रकम भुक्तानी तथा ऋणका लागि सम्पर्क गरी सेवा लिन सक्ने जनाएको छ ।
बिश्व ब्यापीरुपमा फैलियको कोरोना भाइरसको संक्रमणबाट जोगिन नेपाल सरकारको लकडाउन, सहकारी विभागको निर्देशन तथा राष्ट्रिय सहकारी महासंघको प्रेस विज्ञप्तीलाई मान्दै सदस्यलाई सेवा दिन तत्पर रहेको संस्थाका अध्यक्ष मनोज कुमार थापाले जानकारी दिनुभयो।
संस्थाका कर्मचारीहरु तथा संचालकहरु पनि लकडाउनमा रहेकाले कार्यालय खोली सदस्यलाई सेवा दिन असमर्थ रहेको भन्दै अत्यावश्यक अवस्थामा संस्थाका अध्यक्ष मनोज थापा तथा प्रवन्धक अञ्जना अधिकारी को सम्पर्क नम्वर ९८४१६३५००६, ९८४९०७७३४६ मा सम्पर्क गरी सेवा लिन आग्रह गरिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
आकर्षक तलबसहित ज्योतिपुञ्ज सहकारीमा रोजगारी खुल्यो, ५ जना सहायक आवश्यक
७ श्रावण २०८३, बिहीबार
ऋणीले ऋण नतिरे जमानीकर्ता नै जिम्मेवार, जमानीकर्ताको बैंक खाता समेत रोक्का
७ श्रावण २०८३, बिहीबार
आकर्षक ‘अफर’हरू छोडेर सहकारीमै समर्पित कृष्णकुमार
६ श्रावण २०८३, बुधबार