३० जेठ २०८२, शुक्रबार

साहस सहकारीले दियो ऋणको ब्याजमा १० प्रतिशत छुट

२०७६ चैत १८, मङ्गलबार
साहस सहकारीले दियो ऋणको ब्याजमा १० प्रतिशत छुट

काठमाडौं ।

काठमाडौंको नयाँ बजारमा रहेको साहस बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुलाई विशेष छुट दिने भएको छ ।

कोरोना भाइरसको त्रास र लक डाउनको कारण आर्थिक क्रियाकलापमा असर परिरहेको सन्दर्भमा साहसले सदस्यलाई राहत प्रदान गर्नको लागि व्याज मिनाहा गर्ने भएको छ । संस्था सञ्चालक समिति बैठकले सदस्यहरुलाई ऋणको ब्याजमा १० प्रतिशत छूट दिने निर्णय भएको संस्थाका सचिव बलराम पाठकले जानकारी दिनुभयो ।

यो अवधि आगामी जेठ मसान्तसम्मको लागि गरिएको पाठकले बताउनुभयो । सहकारीको यस्तो निर्णयले सदस्यहरूमा सहकारीप्रति अपनत्व बढ्ने सचिव पाठकले बताउनुभयो ।

अभिलेख

लोकप्रिय