नेचुरल सहकारीको निर्णयः सदस्यको खातामा पैसा नभएपनि खाद्यान्न, औषधी र उपचारको लागि पैसा दिने
काठमाडौं, ११ चैत
काठमाडौंको जोरपाटीमा केन्द्रिय कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बन्द रहेपनि सदस्यलाई आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदान गर्ने भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिमलाई मध्यनजर राख्दै सरकारले नेपालभर लकडाउन गरेको अवस्थामा सदस्यलाई आवश्यक पर्ने सम्पूर्ण सेवा प्रदान गर्ने संस्थाले जनाएको छ ।

यस्तो परिस्थितीमा खाद्यान्नको अभाव, औषधी, उपचार लगायत समस्या भए संस्थाका जिम्मेवार व्यक्तिलाई फोन सम्पर्क गर्न संस्थाले आग्रह गरेको छ । सदस्यको खातामा पैसा भए पनि नभएपनि जस्तो सुकै परिस्थितीमा पनि सहकारीले सहयोग गर्ने संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो । जिवन र मरण जस्तो सुकै अवस्थामा भएपनि संस्था सधै सदस्य सर्मपित रहेको पाठकले बताउनुभयो ।
‘पैसा नभएकै कारण हाम्रा सदस्य र सदस्यका परिवार भोकै बस्नु पर्दैन’, पाठकले भन्नुभयो, ‘खातामा पैसा भए पनि नभएपनि हामी सदस्यको सहयोगमा अर्लट छौं ।’ हाम्रा सदस्य र सदस्यको परिवार बिरामी भएर उपचार गर्नु पर्ने अवस्थामा पनि संस्था अर्लट रहेको पाठकले बताउनुभयो । ‘सहकारी भनेकै सदस्य हो । सदस्य हाम्रा भगवान् हुन्’, पाठकले भन्नुभयो, ‘जस्तो सुकै अवस्था र परिस्थितीमा पनि हामी सदस्यको सेवा गर्ने छौं । सदस्यलाई कुनै समस्या भए ९८५१११०३१८ मा सम्पर्क गर्न सक्नुहुन्छ ।’ सहकारी भनेकै सदस्यको सुख दुःखको साथी भएको र जस्तो सुकै परिस्थितीमा पनि नेचुरल सहकारी पछि नहट्ने उहाँले बताउनुभयो ।
नेचुरल सहकारीले डिजिटल कारोबारलाई समेत प्राथमिकता दिदै आएको छ । मोबाईल बैकिङ्ग सेवा समेत यस्तो विपत्तीमा प्रभावकारी बनेको पाठकको भनाई छ । खातामा पैसा भएको अवस्थामा देशभरका जुनसुकै बैंकको एटिएम बुथबाट पैसा निकाल्का कुनै शुल्क नगाग्ने व्यवस्था संस्थाले मिलाएको छ ।
विश्वभर फैलिइरहेको उक्त महामारीको जोखिमलाई न्यूनीकरण गर्न नेपाल सरकारले गरेको निर्णयको पालना गर्न समेत संस्थाले अनुरोध गरेको छ ।
संस्थाको सेवा केन्द्र नयाँ बजार, साँखु र काडाँघारीमा रहेको छ । आवश्यक सहयोगका लागि सेवा केन्द्रका प्रमुखलाई समेत सम्पर्क गर्न सकिने व्यवस्था संस्थाले मिलाएको छ । सदस्यलाई कुनै समस्या परेमा नयाँबजार सेवा केद्र (अशोक राई ९८५११२५३५१), शाखु सेवा केन्द्र (घनश्याम नेपाल ९८६०४५०३७५ ) र काँडाघारी सेवा केन्द्र (निर्मला केसी ९८४०४२२३०८) लाई सम्र्पक गर्न सकिने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीका समस्या समाधान गर्न चार्टर्ड एकाउन्टेन्टसँग छलफल
९ बैशाख २०८३, बुधबार
सहकारीका ऋणीलाई सरकारको १५ दिने अल्टिमेटम
९ बैशाख २०८३, बुधबार