कोरोना रोकथाम कोषमा राष्ट्रिय सहकारी बैंकको ११ लाख सहयोग

काठमाडौं, १० चैत
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकका सञ्चालक तथा लेखा समितिको बैठक भत्ता, कर्मचारीहरुको एक दिन बराबरको तलवसहित समावेश गरी सरकारले सञ्चालन गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उक्त रकम सहयोग गरिएको बैंकका अध्यक्ष केवी उप्रेतीले जानकारी दिनुभयो । कोरोना नियन्त्रणका लागि आवश्यक सुरक्षा सामग्री, पीपीई, स्वास्थ्य उपकरण, नमुना परीक्षण किट र क्वारेन्टाइन लगायत अत्यावश्क सामग्री र स्वास्थ्य व्यवस्थापका लागि सहयोग गर्न बैंकले देशभरका सहकारी संघ संस्थाहरुलाई समेत अपिल गरेको छ । ‘बैंकका देशभर रहेका ४४ वटा शाखामार्फत रकम जम्मा गर्न अपिल गर्दै बैंकले उक्त रकम नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराउने छ,’ अध्यक्ष उप्रेतीले भन्नुभयो ।
बैंकका तर्फबाट अध्यक्ष के.बी. उप्रेतीले सोमबार एक अपिल प्रकाशन गरी कोरोना संक्रमण विरुद्ध सहकारी बैंकको प्रयास, संकटको समयमा सहकारी बैंकको सेवा र बैंकका तर्फबाट देशभरका सहकारी संघ संस्था तथा आम जनसमुदायमा सचेतनाका लागि अनुरोध गर्नुभएको छ ।
कोरोना संक्रमण विरुद्ध बैंकले प्रदेश स्तरमा सहकारी संघ संस्थाहरु मार्फत क्वारेन्टाइन बनाउने कार्यक्रममा सहकार्य गर्ने अध्यक्ष उप्रेतीले बताउनुभयो ।
सहकारी बैंकका सदस्यहरुलाई कोरोना प्रभावका कारण तरलता अभाव भएमा तरलता व्यवस्थापनका लागि अल्पकालिन ऋण (कोरोना तरलता) को व्यवस्था गर्ने उप्रेतीले जानकारी दिनुभयो । सदस्य सहकारीहरुलाई आवश्यक पर्ने नगदको आवश्यक व्यवस्था गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताउनुभयो ।
बैंकले सहकारी र आम समुदायका लागि अनावश्यक नगद वा जिन्सी सञ्चिती नगर्न, विद्युतीय माध्यम वा आइपीएसबाट हुने कारोबारलाई प्राथमिकता दिन आग्रह गरेको छ । सरसफाईमा उचित ध्यान दिन, अति आवश्यक बाहेक घर बाहिर ननिस्कन, भीडभाडदेखि टाढा रहन, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन लगायतका आधिकारीक संस्थाबाट जारी गरिएको सूचनामा भर पर्न तथा हल्ला अनाधिकृत समाचार र अफवाहरुबाट भ्रमित र प्रभावित नहुन, चिकिस्तक, विज्ञ तथा प्राविधिकहरुको सल्लाह पालना गर्न, धैर्य हुन, संयमता अपनाउन, सावधान रहन र आतंकित नहुन आव्हान गरेको छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार