आंशिक समय कार्यालय खोली सेवा प्रवाह गर्न सहकारी महासंघको आह्वान
२०७६ चैत ९, आईतवार

काठमाडौं, ९ चैत
राष्ट्रिय सहकारी महासंघले वित्तीय सहकारी संस्थाहरुलाई आंशिक समय कार्यालय संचालन गरेर सदस्यहरुलाई सेवा प्रवाह गर्न आह्वान गरेको छ ।
नेपाल सरकारले विश्वभर फैलिएको नोवेल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन चैत ९ देखि २१ गते सम्मका लागि मुलुकमा अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गरेको सन्दर्भमा महासंघले प्रेस विज्ञप्ति जारी गर्दै आंशिक समय कार्यालय संचालन गरेर सदस्यहरुलाई सेवा प्रवाह गर्न आह्वान गरेको हो । साथै महासंघले वित्तीय सहकारी संस्थाहरुलाई तरताको व्यवस्थापन हुनेगरी कारोबार गर्न आग्रह गरेको छ ।
महासंघले यस अवधिमा स्वास्थ्य सहकारी संस्थालाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न र उपभोक्ता सहकारी संस्थाहरुलाई अत्यावसेक वस्तुको आपूर्ति गर्न आग्रह गरेको छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार