जोखिममुक्त ढंगबाट नवकान्तिपुरको सेवा, बैशाख मसान्तसम्म एटिएम र स्मार्ट एप निःशुल्क
काठमाडौं, ९ चैत
काठमाडौंको बत्तिसपुतलीमा केन्द्रिय कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले जोखिममुक्त ढंगबाट सदस्यलाई नियमित सेवा दिने भएको छ । कोरोना भाईरसको संक्रमणको जोखिमलाई मध्येनजर जोखिममुक्त ढंगबाट नियमित कारोबार गर्ने संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले जानकारी दिनुभयो ।
संस्थाले संस्थामा प्रवेश गर्ने सदस्यको लागि प्रवेश स्थलमा स्यानिटाईजरको व्यवस्था गर्नुको साथै माक्सको प्रयोग अनिवार्य गरेको छ । संस्थामा प्रवेश गर्ने हरेक व्यक्तिको परिचय खुल्ने विस्तृत विवरण सहितको दर्ता पुस्तिको व्यवस्था गरेको छ । प्रत्येक सेवाग्राही बीचको दुरी १ मिटर समेत कायम गरी सेवा प्रवाह गरेको छ ।
संस्थाका कर्मचारीको लागि माक्स र स्यानिटाईजर अनिवार्य गरिएको छ । कार्यालयमा प्रयाप्त पानी र साबुनको व्यवस्था समेत संस्थाले गरेको छ । सकेसम्म डिजिटल कारोबारलाई संस्थाले जोड दिएको छ ।
२०७७ बैशाख मसान्त सम्मको लागि नवकान्तिपुर स्मार्ट एप र एटिएम कार्ड निशुल्क वितरण गर्ने र लाग्ने शुल्क मिनाहा गरेको संस्थाका शाखा प्रबन्धक हरि प्रसाद पाण्डेले जानकारी दिनुभयो । सेवाग्राहीलाई सकेसम्म एक एक जना मात्र काउण्टर प्रवेश अनुमती दिने संस्थाले जनाएको छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार