३० जेठ २०८२, शुक्रबार

जोखिममुक्त ढंगबाट नवकान्तिपुरको सेवा, बैशाख मसान्तसम्म एटिएम र स्मार्ट एप निःशुल्क

२०७६ चैत ९, आईतवार
जोखिममुक्त ढंगबाट नवकान्तिपुरको सेवा, बैशाख मसान्तसम्म एटिएम र स्मार्ट एप निःशुल्क

काठमाडौं, ९ चैत

काठमाडौंको बत्तिसपुतलीमा केन्द्रिय कार्यालय रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले जोखिममुक्त ढंगबाट सदस्यलाई नियमित सेवा दिने भएको छ । कोरोना भाईरसको संक्रमणको जोखिमलाई मध्येनजर जोखिममुक्त ढंगबाट नियमित कारोबार गर्ने संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

संस्थाले संस्थामा प्रवेश गर्ने सदस्यको लागि प्रवेश स्थलमा स्यानिटाईजरको व्यवस्था गर्नुको साथै माक्सको प्रयोग अनिवार्य गरेको छ । संस्थामा प्रवेश गर्ने हरेक व्यक्तिको परिचय खुल्ने विस्तृत विवरण सहितको दर्ता पुस्तिको व्यवस्था गरेको छ । प्रत्येक सेवाग्राही बीचको दुरी १ मिटर समेत कायम गरी सेवा प्रवाह गरेको छ ।

संस्थाका कर्मचारीको लागि माक्स र स्यानिटाईजर अनिवार्य गरिएको छ । कार्यालयमा प्रयाप्त पानी र साबुनको व्यवस्था समेत संस्थाले गरेको छ । सकेसम्म डिजिटल कारोबारलाई संस्थाले जोड दिएको छ ।

२०७७ बैशाख मसान्त सम्मको लागि नवकान्तिपुर स्मार्ट एप र एटिएम कार्ड निशुल्क वितरण गर्ने र लाग्ने शुल्क मिनाहा गरेको संस्थाका शाखा प्रबन्धक हरि प्रसाद पाण्डेले जानकारी दिनुभयो । सेवाग्राहीलाई सकेसम्म एक एक जना मात्र काउण्टर प्रवेश अनुमती दिने संस्थाले जनाएको छ ।

अभिलेख

लोकप्रिय