३० जेठ २०८२, शुक्रबार

नेचुरल सहकारीको एटिएम देशभर निःशुल्क

२०७६ चैत ९, आईतवार
नेचुरल सहकारीको एटिएम देशभर निःशुल्क

काठमाडौं, ९ चैत

जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारीको एटिएम प्रयोग गर्दा पैसा नलाग्ने भएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको एटिएम मेशिनबाट रकम निकाल्दा पैसा नलाग्ने संस्थाले जनाएको छ ।

संसारभर फैलिएको कोराना भाइरसको सन्त्रासलाई ध्यानमा राख्दै सदस्यहरुलार्इ संक्रमणबाट सुरक्षित राख्न एटिएम सेवा निशुल्क गरेको संस्थाका प्रमुख कार्यकारी सञ्चालक विकल्प पाठकले जानकारी दिनुभयो । यो सेवा चैत्र ९ गतेदेखि २१ गतेसम्मको लागि भएको पाठकले बताउनुभयो ।

अभिलेख

लोकप्रिय