कोरोना बारे सचेतना जगाउँदै काभ्रेका सहकारी
सन्तोष तिमल्सिना
बनोपा, ९ चैत
विश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीबाट पर्न गएको प्रभाव र त्यसको संक्रमणबाट बच्नका लागि काभ्रेका सहकारी संघ संस्थाहरुले सचेतना अभियान संचालन गर्दै आएका छन् ।
जिल्ला सहकारी संघ काभ्रे, विन्धवासिनी साकोस, सामुदायिक साकोस, धुलिखेलको सारथी बहुउद्देशीय सहकारी संस्था, पाँचखालको आर्थिक बिकास साकोस, मण्डनदेउपुरको मण्डन विकास साकोस र बनेपाको मनास्लु साकोस र मोडेल साकोसले विभिन्न माध्यमबाट कोभिड १९ को बारेमा सचेतना फैलाई रहेका छन् ।
जिल्ला सहकारी संघले काभ्रेले एक साताअघि देखि नै सचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको छ । १३ वटै स्थानीय तहमा सहकारी समन्वय समितिमार्फत कोरोना संक्रमण बारेमा सचेतनामूलक ब्यानर, पर्चाहरु वितरण गरि सचेतना फैलाई रहेको संघका सचिव दिलिप शर्माले जानकारी दिनुभयो । ‘अधिकांश मानिसहरु कुनै न कुनै सहकारी संस्थाको सदस्य हुनुहुन्छ । कोरोना भाईरसको संक्रमणले सहकारी क्षेत्रमा समेत ठूलो प्रभाव पार्ने भएकाले सहकारी अभियानमा जोडिनु हुने सबै जना सचेत रही सुरक्षित कारोवार गर्न जरुरी छ’ संघका सचिव शर्माले भन्नुभयो । कोरोना भाईसरको संक्रमणको बिषयलाई संघले गम्भिरतापूर्वक लिएको उहाँको भनाई छ ।
धुलिखेलमा रहेको सारथी बहुउद्देशीय सहकारी संस्थाले केही दिन सचेतनामूलक ब्यानर, हाते पर्चा सहित घरदैलो अभियान संचालन गरेको थियो । धुलिखेलका प्रत्येक चोकहरुमा पर्चा, पोष्टर, ब्यानर सहित सचेतना फैलाएको हो । यस्तै बनेपाको मनास्लु साकोसले बनेपा वाडा नं १० संग समन्वय गरी बनेपाको पुल बजारमा ५ सय भन्दा बढी सर्वसाधारणहरुलाई निःशुल्क माक्स वितरण गर्नुका साथै साबुनपानीले हात धुने तथा सेनिटाईजर प्रयोग गर्ने विधि सिकाएको थियो, भने मोडेल साकोसले पनि सदस्यहरुलाई माक्स वितरण गरेको छ ।
विन्धवासिनी साकोसले सबै कार्यालयहरुमा कोरोना भाईरस सम्बन्धि सचेतनामूलक ब्यानर, सूचना, वेवसाईट, फेसबुक पेज मार्फत सदस्यहरुलाई सूचनामूलक सन्देशहरु प्रदान गर्दै आएको छ । कार्यालयमा सेवा लिन आउने शेयर सदस्यहरुलाई कार्यालयको प्रवेशद्वारमा साबुनपानीले हात धुने ठाँउको ब्यवस्था गरी हात धोएर वा हातमा सेनिटाईजर लगाएर मात्र कार्यालयमा प्रवेश गर्न हामीले सबै कार्यालयहरुलाई निर्देशन गरेका विन्धवासिनी साकोसका प्रमुख ब्यवस्थापक केबि लामाले बताउनु भयो ।
‘संचालक समितिको चैत्र ७ गते बसेको नियमित बैठकले संस्थाले संचालन गरेको किसान–२ कार्यक्रम लागयत सम्पूर्ण भेला, बैठक, तालिम, गोष्ठी र व्यक्तिगत भ्रमण समेत स्तगित गरेको छ । चैत्र महिनामा संचालन हुने लघुवित्त समूह बैठकहरु स्तगित गरी लद्दुवित्त ऋणको किस्तालाई अन्तिम किस्तामा समायोजन गर्ने, सदस्यहरुलाई एटिएम कार्य र मोबाईल बैकिङ्ग मार्फत कारोवार गर्न प्रोत्साहन गर्ने निर्णय गरेका छौं’ प्रमुख ब्यवस्थापक लामाले भन्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
जिल्ला सहकारी संघ काठमाडौंको २६औं साधारण सभा सम्पन्न
१ माघ २०८२, बुधबार
सहकारी अभियन्ता सुदिप ढकाललाई ‘पोखरा रोयल सहकारी संस्थापक अध्यक्ष पुरस्कार’
२९ पुष २०८२, मंगलवार
सहकारीले पनि पाँच लाखभन्दा बढीको नगद कारोबार गर्न नपाउने, धमाधम सूचना जारी
२९ पुष २०८२, मंगलवार