जन्मदेखि मृत्युसम्म विकू बचतको सेवा

गैंडाकोट, ८ चैत
विकू बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सामाजिक सुरक्षाका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । सामाजिक सुरक्षाका कार्यक्रमहरु अन्र्तगत लघु उद्यम संचालन गर्न ऋण लिने शेयर सदस्यको ऋण सुरक्षणको लागि ऋण रकम बराबरको बिमा कार्यक्रम अगाडि बढाएको छ ।
बिमा कार्यक्रमले ऋण लिने सदस्यको कुनै कारणले निधन भएमा सत प्रतिशत रकमसहित अन्तिम संस्कार खर्च स्वरुप थप २५ हजार रकम प्रदान संस्थाले गर्दै आएको छ । गैंडाकोट ७ निवासी पुस्पा भट्रराईले विकूबाट बिमासहित ऋण लिई लघु उद्यम संचालन गर्दै नियमित रुपमा ऋणको किस्ता तिर्दै आउनुभएको थियो । उहाँको असामायीक रुपमा केही समय अगाडी निधन हुन गएको र संस्थाले उहाँको बिमा दाबी प्रकृया अगाडी बढाएको थियो ।
चैत ८ गते (शनिबार) गैंडाकोट ७ मा संस्थाले एक कार्यक्रमको आयोजना गरी बिमा रकम हस्तान्तरण गरिएको छ । संस्थाले ऋण बिमा अन्र्तगत नगद १ लाख २५ हजार र विकू बचत तथा ऋण सहकारी संस्थाको सदस्य राहात कोष अन्र्तगत नगद २५ हजारसहित स्वर्गीय पुस्पाको परिवारलाई प्रदान गरेको हो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटा, उपाध्यक्ष यमुनाथ आचार्य, वडा नं. ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय, सफल टोल सुधार समितिका अध्यक्ष लक्ष्मण चौधरी, प्रमुख अधिकृत लगायत स्थानियको अपस्थिती रहेको थियो ।
राहात प्राप्तपछि स्वर्गीय पुस्पाका श्रीमान् जितबहादुर भट्टराईले राहात रकम प्रदान गरि परिवारलाई ऋणको बोझबाट मुक्त गराईदिइकोमा विकूको प्रसंसा गर्दै संस्थाले अगाडी बढाएको बिमा कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले सामाजिक सुरक्षाका कार्यक्रमहरु जन्मदेखि मृत्युसम्म संचालन गर्दै सदस्य संरक्षण सिदान्तलाई संस्थाको दायित्वको रुपमा अगाडि बढाएको बताउनुभयो । विकूले ल्याएको बिमा कार्यक्रममा सहभागी हुन अध्यक्ष सापकोटाले आग्रह गर्नुभयो ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार