जन्मदेखि मृत्युसम्म विकू बचतको सेवा
गैंडाकोट, ८ चैत
विकू बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई सामाजिक सुरक्षाका कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । सामाजिक सुरक्षाका कार्यक्रमहरु अन्र्तगत लघु उद्यम संचालन गर्न ऋण लिने शेयर सदस्यको ऋण सुरक्षणको लागि ऋण रकम बराबरको बिमा कार्यक्रम अगाडि बढाएको छ ।
बिमा कार्यक्रमले ऋण लिने सदस्यको कुनै कारणले निधन भएमा सत प्रतिशत रकमसहित अन्तिम संस्कार खर्च स्वरुप थप २५ हजार रकम प्रदान संस्थाले गर्दै आएको छ । गैंडाकोट ७ निवासी पुस्पा भट्रराईले विकूबाट बिमासहित ऋण लिई लघु उद्यम संचालन गर्दै नियमित रुपमा ऋणको किस्ता तिर्दै आउनुभएको थियो । उहाँको असामायीक रुपमा केही समय अगाडी निधन हुन गएको र संस्थाले उहाँको बिमा दाबी प्रकृया अगाडी बढाएको थियो ।
चैत ८ गते (शनिबार) गैंडाकोट ७ मा संस्थाले एक कार्यक्रमको आयोजना गरी बिमा रकम हस्तान्तरण गरिएको छ । संस्थाले ऋण बिमा अन्र्तगत नगद १ लाख २५ हजार र विकू बचत तथा ऋण सहकारी संस्थाको सदस्य राहात कोष अन्र्तगत नगद २५ हजारसहित स्वर्गीय पुस्पाको परिवारलाई प्रदान गरेको हो । उक्त कार्यक्रममा संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटा, उपाध्यक्ष यमुनाथ आचार्य, वडा नं. ७ का वडा अध्यक्ष चोलानाथ उपाध्याय, सफल टोल सुधार समितिका अध्यक्ष लक्ष्मण चौधरी, प्रमुख अधिकृत लगायत स्थानियको अपस्थिती रहेको थियो ।

राहात प्राप्तपछि स्वर्गीय पुस्पाका श्रीमान् जितबहादुर भट्टराईले राहात रकम प्रदान गरि परिवारलाई ऋणको बोझबाट मुक्त गराईदिइकोमा विकूको प्रसंसा गर्दै संस्थाले अगाडी बढाएको बिमा कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष सापकोटाले सामाजिक सुरक्षाका कार्यक्रमहरु जन्मदेखि मृत्युसम्म संचालन गर्दै सदस्य संरक्षण सिदान्तलाई संस्थाको दायित्वको रुपमा अगाडि बढाएको बताउनुभयो । विकूले ल्याएको बिमा कार्यक्रममा सहभागी हुन अध्यक्ष सापकोटाले आग्रह गर्नुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको राजीनामा
२९ फाल्गुन २०८२, शुक्रबार
चैत ५ देखि विकू बचतको प्रविधि साक्षरता तथा सदस्य सर्वेक्षण, ८१ प्रशिक्षार्थीलाई अभिमुखीकरण
२८ फाल्गुन २०८२, बिहीबार
बागमती प्रोस्कूनको आयोजनामा कोशिस चौथो समूहको ‘वी क्यान वर्कशप’ सम्पन्न
२८ फाल्गुन २०८२, बिहीबार