बैंकले नियमित निक्षेपको मात्रै कारोबार गर्ने, सहकारी संस्था भने महासंघको धारणा कुर्दै
काठमाडौं, ८ चैत
सरकारले कोरोनाको प्रकोपबाट जोगिन सावधानी अपनाउन अपिल गरेपछि अत्यावश्यक सेवा बाहेकका सबै क्षेत्र बन्द हुने भएका छन् ।
बैंक तथा वित्तीय संस्थामा ब्याक अफिसमा बसेर काम गर्ने कर्मचारीलाई बिदा दिने व्यवस्था मिलाई दिन बैंकरहरुले आग्रह गरेका छन् । नियमित निक्षेपको कारोबार बाहेक अन्य बैंकिङ गतिविधि रोकिने भएको छ। त्यसो हुँदा नोटका लागि मात्र खासखास शाखा खोल्दा हुने बैंकरले सुझाब बैंकले दिएका छन् ।
तर वित्तीय क्षेत्रमा ठुलो हिस्सा बोकेको सहकारी क्षेत्रमा भने अन्यौलता देखिएको छ । सहकारी संस्थाहरुले दिने सेवालाई कसरी प्रवाह गर्ने भन्ने विषयमा अन्यौलता छाएको छ । प्रारम्भिक सहकारी संस्थाका सचालक र कर्मचारी त्रसित छन् । सहकारी क्षेत्रको सर्वोच्च निकाय सहकारी महासंघले यस विषयमा आधिकारिक धारणा अहिलेसम्म सार्वजनिक गरेको छैन ।
सहकारी संस्था बन्द नै गर्न नहुने बताईए पनि कसरी सुरक्षित तरिकाले सेवा दिने भन्ने विषयमा सहकारी अभियानको धारणा आएको छैन । यस हिसाबले सहकारी संस्थाहरु महासंघको धारणाको पर्खाइमा रहेका छन् ।
सहकारीले कति बजेसम्म सेवा दिने, कारोबारलाई कसरी व्यवस्थित बनाउने, कर्जा प्रवाह लगायतकोृ विषयमा महासंघको आधिकारिक धारणा आवश्यक रहेको एक सहकारीकर्मीले बताउनुभयो । यस्तो अवस्थामा भएको बचत बाहिरिने र नयाँ निक्षेप वा बचत आउँदैन ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार