३० जेठ २०८२, शुक्रबार

सहकारीको सम्पूर्ण कारोबार बन्द

२०७६ चैत ८, शनिवार
सहकारीको सम्पूर्ण कारोबार बन्द

रुपन्देही, ८ चैत

तिलोत्तमा नगरपालिका ५ मणिग्राममा रहेको रामवन बचत तथा ऋण सहकारी संस्था बन्द गरिएको छ ।

सरकारले कोरोनाको प्रकोपबाट जोगिन सावधानी अपनाउन अपिल गरेपछि संस्था बन्द गरिएको हो । संस्थाले सुचना जारी गर्दै चैत ९ गतेदेखि १४ गतेसम्मका लागि सम्पूर्ण कारोबार बन्द गरेको हो ।

कोरोनाको सम्भावित जोखिम नियन्त्रणको लागि सचेतता अपनाउन संस्थाको कारोबार बन्द गरिएको संस्थाले जनाएको छ । यस अवधिमा बुझाउनु पर्ने बचत, साँवा र ब्याज रकममा अतिरिक्त शुल्क नलाग्ने संस्थाका अध्यक्ष बाबुराम भण्डारीले बताउनुभयो ।

अभिलेख

लोकप्रिय