झापा जिल्ला सहकारीको अपिल : सेवा प्रवाह गर्दा उच्च सर्तकता अपनाउनु
बिर्तामोड, ८ चैत
जिल्ला सहकारी संघ, झापाले कोरोना भाईरसको संक्रमणबाट जोगिन र बच्ने उपायका बारेमा उच्च सर्तकता अपनाउन सहकारी संस्थाहरुलाई आब्हान गरेको छ । कोरोना भाईरसका बारेमा जिल्ला संघले सहकारी संस्थाहरुका लागि शनिबार १७ बुँदे अपिल जारी गरेको अध्यक्ष गणेश ढकालले जानकारी दिनुभयो ।
बिहान १० बजेपछि सहकारी संस्था खोल्न र ४ बजेसम्म बन्द गरिसक्न संघले अपिल जारी गरेको उहाँले बताउनुभयो । त्यसतै दिउँसो २ः३० बजेसम्म मात्र आर्थिक कारोबार गर्न समेत अपिल जारी गरेको छ ।
लघुवित्त सेवा प्रदाय सहकारी संस्थाले केन्द्र व्यवस्थापन गरि १० बजेपछिको तालिका बनाई केन्द्र प्रमुखमार्फत केन्द्रित संकलनको माध्यमबाट कारोबार गर्न समेत अनुरोध गरेको छ । त्यस्तै बचत फिर्ता लिन आउँदा एक पटकमा एक जना र एक व्यक्तिलाई हप्तामा दुईपटक बचत फिर्ता दिने व्यवस्था मिलाउन भनेको छ । अत्यावश्यक बाहेक अन्य कामका लागि बचत फिर्ता नलिन सदस्यलाई अनुरोध गर्न र संस्थाको अवस्था अनुसार बचत फिर्ताको सिमा निर्धारण गर्न संघको आग्रह रहेको छ ।
संस्थामा नियमित हात धुने व्यवस्था मिलाउन, बजार प्रतिनिधिलाई माक्स, सेनिटाइजर र हेण्ड ग्लोबसहितको व्यवस्था गर्न समेत अनुरोध गरेको छ ।
जिल्ला संघले जारी गरेको अपिल सबै सहकारी संस्था पालना गर्नुपर्ने शिखर बचत तथा ऋण सहकारी संस्था, बिर्तामोडका अध्यक्ष दीपेन्द्र राउतले बताउनु भयो । कोरोना भाईरसको संक्रमणबाट जोगिन सबैले उच्च सर्तकता अपनाउनु पर्ने उहाँको भनाई छ । विपत्तको समयमा सहकारी संस्था बन्द नगरि सेवा दिनुपर्ने उहाँको तर्क छ ।
सेवा प्रवाह गर्दा उच्च सर्तकता भने अनिवार्य रुपमा अपनाउनुपर्ने उहाँ बताउनुहुन्छ । शिखर साकोसले नगद कारोबारभन्दा पनि डिजिटल कारोबारलाई जोड दिएको अध्यक्ष राउतले बताउनुभयो । संस्थाका सदस्य, सञ्चालक समिति, लेखा समिति र कर्मचारीलाई कारोना बारे जनचेतना समेत विभिन्न माध्यमबाट फैलाउँदै आएको उहाँको भनाई छ ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
चण्डेश्वरी साकोसद्वारा बाढीपीडितको राहतका लागि १ लाख ५५ हजार सहयोग
२९ आश्विन २०८३, बिहीबार
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार