३० जेठ २०८२, शुक्रबार

पोखराको अर्को सहकारीको बोल्ड डिसिजन : ३ महिना सम्मको ब्याज मिनाहा

२०७६ चैत ७, शुक्रबार
पोखराको अर्को सहकारीको बोल्ड डिसिजन : ३ महिना सम्मको ब्याज मिनाहा

पोखरा, ७ चैत ।

पोखराको न्युरोडमा रहेको सञ्चार बचत तथा ऋण सहकारी संस्थाले व्यावसायिक कर्जामा लाग्ने व्याज मिनाहा गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण व्यवसाय धरासायी भएपछि सहकारीले कर्जाको अवस्था हेरी ३ महिनासम्मको व्याज हिनाहा गर्ने निर्णय गरेको हो ।

यसका साथै संस्थाले विश्वव्यापी फैलिएको कोरोना भाइरसको सचेतना अभियान सञ्चालन गरेको छ । जनचेतना फैलाउँदै सदस्यहरुलाई सेनिटाइजर र मास्क वितरण सुरु गरेको अध्यक्ष विनोद ढुंगानाले जानकारी दिनुभयो ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कोरोना सचेतना अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । शुक्रबार पहिलो दिन ५० जना सदस्यलाई सेनिटाइजर र मास्क वितरण गरिएको छ ।

यो पनि पढ्नुहोस्

कोरोना प्रभाव : सुनौलो साकोसको बोल्ड डिसिजन, घटायो २ प्रतिशत कर्जाको ब्याजदर

अभिलेख

लोकप्रिय