३० जेठ २०८२, शुक्रबार

सहकारी संस्था बन्द गर्ने की नगर्ने ?, सहकारीले सेवा दिनुपर्छः कडेंल

२०७६ चैत ७, शुक्रबार
सहकारी संस्था बन्द गर्ने की नगर्ने ?, सहकारीले सेवा दिनुपर्छः कडेंल

काठमाडौं, ७ चैत

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ भन्ने जानकारी गराउनु भएको छ ।

तर अत्यावश्यक क्षेत्रमा सहकारी क्षेत्र पर्दछ वा पर्दैन भन्ने बारेमा बहस सुरु भएको छ । नेपाल राजपत्रमा सहकारीको बारेमा उल्लेख छैन । राजपत्रको १५ नम्बरमा बैंकिङ सेवा उल्लेख गरिएको छ ।

बैंकिङ सेवामा सहकारी क्षेत्र पर्ने सहकारी महासंघका अध्यक्ष मिनराज कडेंल बताउनुहुन्छ । सहकारीले वित्तीय कारोबार गर्ने र यस्तो अवस्थामा सहकारीको सेवा निरन्तर हुनुपर्ने कडेंल बताउनुहुन्छ ।

सहकारीले दिने सेवालाई निरन्तरता दिनुपर्ने उहाँको भनाई छ । सदस्यको दुःख र सुखमा सहकारीले साथ दिनुपर्ने उहाँले बताउनुभयो ।

अभिलेख

लोकप्रिय