सहकारी संस्था बन्द गर्ने की नगर्ने ?, सहकारीले सेवा दिनुपर्छः कडेंल
काठमाडौं, ७ चैत
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्ने क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने घोषणा गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ’ भन्ने जानकारी गराउनु भएको छ ।
तर अत्यावश्यक क्षेत्रमा सहकारी क्षेत्र पर्दछ वा पर्दैन भन्ने बारेमा बहस सुरु भएको छ । नेपाल राजपत्रमा सहकारीको बारेमा उल्लेख छैन । राजपत्रको १५ नम्बरमा बैंकिङ सेवा उल्लेख गरिएको छ ।
बैंकिङ सेवामा सहकारी क्षेत्र पर्ने सहकारी महासंघका अध्यक्ष मिनराज कडेंल बताउनुहुन्छ । सहकारीले वित्तीय कारोबार गर्ने र यस्तो अवस्थामा सहकारीको सेवा निरन्तर हुनुपर्ने कडेंल बताउनुहुन्छ ।
सहकारीले दिने सेवालाई निरन्तरता दिनुपर्ने उहाँको भनाई छ । सदस्यको दुःख र सुखमा सहकारीले साथ दिनुपर्ने उहाँले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार