कोरोना प्रभाव : सुनौलो साकोसको बोल्ड डिसिजन, घटायो २ प्रतिशत कर्जाको ब्याजदर

पोखरा, ७ चैत्र
सदस्यहरुलाई राहत दिने उद्देश्यले सुनौलो बचत तथा ऋण सहकारी संस्था (सुनौलो सकोस) ले कर्जाको ब्याजदर घटाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण पर्यटन क्षेत्र लगायत सम्पूर्ण आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेपछि सहकारीले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको अध्यक्ष टीकाराम सापकोटाले जानकारी दिनुभयो ।
कोरोना भाइरसका कारण पर्यटन क्षेत्रले धेरै क्षति ब्यहोर्नुपरेको र थोरै भएपनि सदस्यलाई राहत होस भन्ने उद्देश्यले ऋणको ब्याजदर घटाउने निर्णय गरिएको उहाँले बताउनुभयो । ऋणको प्रकृति हेरी १४ देखि १६ प्रतिशतसम्म ब्याज लिने गरिएकोमा अब १२ देखि १४ प्रतिशतसम्म व्याज लिइने सहकारी संस्थाका व्यवस्थापक गिरिधारी ढकालले जानकारी दिनुभयो ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुराना प्रदान गरिएको ऋण र नयाँ ऋण दुबैमा लागु हुने गरी ब्याजदर घटाउने निर्णय गरिएको ढकालले बताउनुभयो । यस संस्थामा १ हजार ३ सय सदस्य आवद्ध छन् । सहकारीले १७ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
अभिलेख
लोकप्रिय


वित्तीय सहकारीको आगामी मार्गचित्र सम्बन्धी कार्यक्रम गर्दै नेफ्स्कून
१४ चैत्र २०८१, शुक्रबार
राष्ट्रिय सभा गृहमा सहकारी दिवसको कार्यक्रम हुँदै, सहकारी गान समेत सार्वजनिक गरिने
१० चैत्र २०८१, सोमबार
नेचुरल सहकारीको १६औं साधारण सभा सम्पन्न, कुल कारोबार २ अर्ब ६९ करोड
२ मंसिर २०८१, आईतवारRecent Posts

सहकारी पीडितको कथामा आधारित चलचित्र ‘महाभोज’ को दर्शकद्वारा व्यापक प्रशंसा
२८ जेष्ठ २०८२, मंगलवार
सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच कृषि कर्जामा ब्याज अनुदान सम्झौता
२७ जेष्ठ २०८२, सोमबार
सहकारी नियामकीय मापदण्ड-२०८२ संशोधनका लागि पहल गर्न महासंघद्वारा कार्यदल गठन
२० जेष्ठ २०८२, सोमबार