३० जेठ २०८२, शुक्रबार

तीन वटा प्रदेश संघ दर्ता प्रकृया अघि बढ्यो

२०७६ चैत ६, बिहिबार
तीन वटा प्रदेश संघ दर्ता प्रकृया अघि बढ्यो

काठमाडौं, ६ चैत

बागमती प्रदेशमा तीन वटा संघ दर्ता प्रकृया अघि बढेको छ । प्रदेश सहकारी संघ, बचत संघ र कृषि संघ गरी तीन वटा संघ दर्ता प्रकृया अघि बढेको हो ।

बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तीन वटै संघ दर्ता प्रकृया अघि बढाएको हो । मन्त्रालयले तीन वटै संघ दर्ताको टिप्पणी समेत उठाईसकेको छ । मन्त्रालय स्रोतका अनुसार तीन वटै संघ दर्ता गरी एकै पटक प्रमाणपत्र हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले संघ दर्ताको प्रमाणपत्र हस्तान्तरण गर्ने तयारी गरिएको छ । संघ दर्ताको लागि केही महिना अघि प्रकृया थालेको प्रस्तावित प्रदेश बचत संघका अध्यक्ष उद्दव सापकोटाले जानकारी दिनुभयो । केही हप्तामै संघ दर्ता हुने आश्वासन मन्त्रीले दिएको सापकोटाले जानकारी दिनुभयो ।

अभिलेख

लोकप्रिय